महेन्द्रग्राममा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुरको सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरको आयोजनामा मंगलबार भएको कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले अपराधलाई चिन्ने र त्यसबाट कसरी बच्ने विषयमा प्रशिक्षण दिएका थिए ।
‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ भएको सो कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी र अभिभावकलाई सहभागी गराइएको थियो । प्रहरी उपरीक्षक प्रधानले उनीहरुलाई अहिले समाजमा बढिरहेको साइबर क्राइमबाट सचेत रहन र सामाजिक सञ्जालको सकारात्मक उपयोग गर्न सुझाव दिए । प्रहरीले समाजमा अपराध निराकरण गर्दै शान्ति सुरक्षा राख्ने काम गर्ने र अपराध कम गर्न समाज, विद्यालय र विद्यार्थीले प्रहरीसँग साझेदारी गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले अपराध मुक्त समाज निर्माणमा विद्यार्थीको ठूलो भुमिका रहने बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नंं ८ का वडाध्यक्ष परासर सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कार्की, विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठलगायतको सहभागीता थियो ।
:321 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव