सामुदायिक स्कुलमा निशुल्क स्वास्थ्य शिविर

पनौती । पनौतीस्थित सामुदायिक बोर्डिङ्ग स्कूलको आयोजना र मच्छे क्लिनिक पनौतीको सहआयोजनामा निशुल्क स्वास्थ्य शिविर साउन १९ गते संचालन भएको छ । वेलायती र नेपाली डाक्टरहरुको उपस्थीतिमा कक्षा १ सम्म अध्ययनरत बालबालिका र उनीहरुका अभिभावकहरुको लागि स्वास्थ्य परीक्षण गरीएको थियो । करिब २०० जना स–सानाबालबालिकाहरुलाई Growth Development समेतको परीक्षण गरिएको उक्त कार्यक्रममा १८० जना अभिभावक तथा वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरीएको थियो । १८० जनामध्ये धेरै जसोले सुगर परीक्षण लगायतको सुविधा पाएका थिए । प्राय सबै अभिभावकहरुले निशुल्क औषधी प्राप्त गरेको कुरा स्कूलका डाइरेक्टर ओमकृष्ण श्रेष्ठ र मच्छे क्लिनिकका प्रोपाइटर प्रताप कर्मचार्यले बताए । परीक्षणको क्रममा विद्यालयमा कमजोर भएका १० देखि १६ वर्षका ५० जना बालबालिका समेतको स्वास्थ्य परीक्षण गरीएको थियो ।
मायाको चिनो प्रदान गरी शिविर संचालन गर्न सहयोग गर्ने सबैलाई प्रिन्सिपल पूर्ण कुमार श्रेष्ठले सम्मान एवं बधाई दिएका थिए ।
:313 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव