‘बालबालिकालाई तुलना नगरौँ’

ललितपुर, २६ साउन । परामर्शकर्ता कमल सिलवालले सबै बालबालिकाको क्षमता फरक हुने भएकाले उनीहरुलाई कहिलै पनि अरु बच्चासँग तुलना गर्न नहुने बताएका छन् ।

अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियशा (एकता) ले शनिबार आयोजना गरेको दोस्रो ‘अभिभावक सचेतना’ कार्यक्रममा उनले आफ्ना बच्चालाई सबै समान साधारण बनाउने हो कि बच्चाले चोहेको जस्तै बन्न दिएर अलग बनाउने हो, त्यसमा अभिभावकले चिन्तन गर्नुपर्नेमा जोड दिए ।

विशेषगरी १८ महिनादेखि ८ वर्षसम्मका बच्चाका अभिभावकलाई केन्द्रित गरिएको कार्यक्रममा उनले अभिभावकले बालबालिकालाई समय दिनुपर्ने बताउँदै भने, ‘बच्चाहरुलाई हामीले घरका साना काम गर्न दिनुपर्छ र उनीहरुले ती काम बिगारेमा गाली गर्नु हुदैन । बरु उनीहरुलाई के गर्नुपर्छ भनेर सिकाउनुपर्छ ।’ बालबालिकाको विकास र उन्नतीका लागि अभिभावक, शिक्षक र विद्यार्थी तीनै पक्ष मिलेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

एकताकी अध्यक्ष लिना श्रेष्ठले अभिभावकको आफ्ना सन्तानप्रतिको कर्तव्यलाई बुझाउन र उनीहरुसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा सिकाउन सो कार्यक्रम गरिएको जानकारी दिइन् । बुवाआमालाई मात्र नभई अन्य पारिवारिक सदस्यलाई पनि केन्द्रित गरि गरिएको सो कार्यक्रममा करिब ४ सय जना अभिभावकको सहभागिता रहेको थियो । 

कार्यक्रममा एकताले विपन्न तथा गुणस्तर शिक्षा लिनबाट बञ्चित बालबालिकाको लागि एकता पाठशालाको स्थापना गर्न लागेको जानकारी दिएको छ ।

:196 Views

Leave a Reply