ओम स्कुलमा नेतृत्व विकासको तालिम

भक्तपुर। भक्तपुरको कटुन्जेस्थित ओम सेकेण्डरी स्कुलले विद्यार्थीलाई २ दिने ‘साधारण नेतृत्व र बोल्ने सीप’ को तालिम दिएको छ ।

विद्यार्थीको निर्णय लिन सक्ने र बोल्ने क्षमताको बृद्धि गर्दै ‘विद्यार्थी कल्व’ को स्थापना गर्नका लागि सो तालिम दिइएको विद्यालयले जानकारी दिएको छ ।

कक्षा ७ देखि १० सम्मका जम्मा ३३ जना विद्यार्थीलाई अरफिक्स नेपालका सिइव सुवास रिसाल र सोही संस्थाका यतिषले प्रशिक्षण गरेका थिए ।

:12 Views

Leave a Reply