को को सम्मानित भए, १५ औँ राष्ट्रिय शिक्षा सम्मानबाट?

शिक्षालय मासिकको आयोजनामा पन्ध्रौ राष्ट्रिय शिक्षा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सोमबार भएको कार्यक्रममा १४ विधाबाट शिक्षासँग सम्बन्धित १७ व्यक्तिलाई सम्मान गरिएको छ ।

वेष्ट टिचर अवार्डबाट दोलखास्थित हनुमन्तेश्वर माविका शिक्षक गोपालध्वज श्रेष्ठ सम्मानित

बेष्ट स्टुडेन्ट अवार्डमा बुटवलकी कालिका मानवज्ञान माविकी छात्रा सविना सुवेदी २५ हजार नगदसहित पुरस्कृत

राइजिङ अवार्डबाट भक्तपुरस्थित सम्बृद्धि एजुकेशन फाउण्डेशन पुरस्कृत

क्रिएटिभ कलेज अवार्डबाट काठमाडौंको पकनाजोलस्थित एनसीसीएस कलेज सम्मानित

कन्ट्रिब्यूसन अवार्डबाट शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीइ नेपाल) सम्मानित

एजुकेशन जर्नालिष्ट अवार्डबाट नेपाल टेलिभिजनका रविचन्द्र पराजुली रु १० हजार नगदसहित सम्मानित

एजुकेशन जर्नालिष्ट अवार्डबाट कारोबार दैनिकका गोपाल संग्रौला रु १० हजार नगदसहित सम्मानित

डेडिकेशन अवार्डबाट नेपाल सरकारका सहसचिव खगेन्द्र नेपाल सम्मानित

डेडिकेशन अवार्डबाट दाङका शिक्षासेवी मानबहादुर बुढा सम्मानित

प्रिन्सिपल अफ दि इयरबाट नाइटिङ्गेल एजुकेशन फाउण्डेशनकी प्रिन्सिपल रञ्जना प्रधान सम्मानित

गुडविल अचिभेमेन्ट अवार्डबाट नवलपरासीको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट सम्मानित

एक्सिलेन्स अवार्डबाट काठमाडौँको ग्लोवल कलेज अफ म्यानेजमेन्ट सम्मानित

स्कुल अफ दि इयरबाट सामुदायिकतर्फ सुर्खेतको जनज्योती माध्यमिक विद्यालय सम्मानित

स्कुल अफ दि इयरबाट संस्थागततर्फ रुपन्देहीको न्यू होराइजन स्कुल पुरस्कृत

एजुकेशन भिजन अवार्डबाट शिक्षासेवी बालानन्द पौडेल सम्मानित

इन्स्पिरेसनल अवार्डबाट सांसद शान्ता चौधरी सम्मानित

लाइफटाइम एचिभमेन्ट अवार्डबाट कास्कीका शिक्षासेवी रत्नमान गुरुङ सम्मानित

:44 Views

Leave a Reply