फिजमको एकल नृत्य प्रतियोगितामा न्यू भिजनकी कृषा विजयी

भक्तपुर, २८ साउन । काठमाडौँस्थित संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा गरिएको ‘अन्तविद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता’ मा न्यू भिजन स्कुलकी छात्रा कृषा श्रेष्ठ विजयी भएकी छिन् ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीबिच गरिएको प्रतियोगितामा ग्रीन ह्वीच एकेडेमीको तान्या कार्की दोस्रो भइन् भने मोनास्टिक पब्लिक इङ्लिश स्कुलका ओसमुन तामाङ तेस्रो भए । फिजमको पहिलो संस्करणको रुपमा रहेको सो स्पर्धामा अर्किट पिपुल सेकेण्डरी स्कुलकी लभिका कार्की तेस्रो र रत्न शिक्षा सदनकी आयुषा तिमल्सिना चौथो भइन् ।
कार्यक्रममा फिजमका उपाध्यक्ष अमृत खड्काले कार्यक्रमको औचित्य बारेमा चर्चा गरेका थिए । त्यस्तै कार्यक्रम संयोजक सुनिल केशीले विद्यार्थीको एकल प्रतिभा प्रस्फुटन गरी उनीहरुलाई प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
नायक रमित ढ्ङ्गानाले विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरेका छन् । प्रथमलाई नगद रु ५ हजार, दोसोलाई नगद रु ४ हजार, तेस्रोलाई नगद रु ३ हजार, चौथौँलाई नगद रु २ हजार र पाचौँ भएको विद्यालयलाई नगद रु १ हजार वितरण गरिएको छ । साथै प्रथम, द्वितीय, तृतीय, चौथौँ र पाचौँ भएका विद्यार्थीलाई ट्रफि, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।
:1076 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव