घरपालुवा जनावर र गाउँले परिवेशबारे ट्रिटनमा प्रदर्शनी

काठमाडौं २९ साउन । शहरमा जन्मेर हुर्केका केटाकेटीले प्रायः कुकुर र विरालो देखेका हुन्छन । गाई र बाच्छाबाच्छी चाँहि कहिलेकाँही सडकमा देख्न पाउँछन । जिउँदो कुखुरा नदेखेपनि चिकेन भनेर घरमा प्राय कुखुराको मासु चाँहि खाइराखेका हुन्छन ।

तर कुकुर, विरालो, गाई, बाच्छाबाच्छी र कुखुरा बाहेक पनि गाउँघरमा धेरै थरीका घरपालुवा जनावर हुन्छन, तिनीहरुलाई पाल्दा हामीलाई के कस्तो फाईदा हुन्छ, उनीहरुले के खान्छन र के दिन्छन भन्ने कुरा चित्रकला र प्रदर्शनीको माध्यमबाट विद्यार्थीलाई सिकाइएको छ ।

सुविधानगर तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलका तीन कक्षाका विद्यार्थीहरुलाई सहभागी गराई विद्यालय हातामा ‘घरपालुवा जनावरबारे’ को प्रदर्शनीको आयोजना गरिएको हो । घोडा, गाईभैंसी, हाँस, बाख्रा, पाठापाठी, खसी, बोका, भेडा, च्याँंग्रा लगायतका घरपालुवा जनावरको साथै गाउँले परिवेश, गाउँघरमा पाइने, ढिकी जाँतो, खल, हलो, जुवा पनि अलग अलग कक्ष बनाएर प्रदर्शन गरिएको थियो । अलग अलग घरपालुवा जनावरबारे बुझाउन, पराल, माटो, ढुंगालगायतको प्रयोग गरी साना साना प्रदर्शनी कक्ष बनाइएको थियो । कक्षा ६, ७ र ८ का विद्यार्थीले निर्माण र व्यवस्थापनमा सहयोग गरेको उक्त प्रदर्शनी अभिभावक र अरु कक्षाका विद्यार्थी र शिक्षकलाई देखाई त्यसबारे तीन कक्षाका विद्यार्थीले बताएका थिए ।

तीन कक्षाकी कक्षा शिक्षिका रुवि झाको संयोजनमा व्यवशायीक अध्ययन विषयकी शिक्षिका विद्या देउला, चित्रकला शिक्षक बालकृष्ण खयरगोली समेतको सहभागितामा ३ कक्षाका विद्यार्थीले उक्त प्रर्दशनीको आयोजना गरेका थिए । व्यवसायीक शिक्षा अन्र्तगत केटाकेटीलाई गाउँले परिवेश र घरपालुवा जनावरबारे व्यवहारिक जानकारी दिन यस्ता प्रदर्शनीले विशेष भूमिका निभाउने विद्यालयका निर्देशक राजन सुवेदीले बताए । भाइस प्रिन्सिपल ममता शाहले साना केटाकेटीको सहभागितामा आयोजना गरिएको प्रर्दशनीको प्रशंसा गरीन् ।

:14 Views

Leave a Reply