हिलसाइड कलेज अफ इन्जिनियरिङका सुमन पौडेलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

काठमाडौं । कोटेश्वरस्थित हिलसाइड कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रीकल कार्यक्रमको स्नातक तह दोश्रो सेमेष्टरमा अध्ययनरत बिद्यार्थी सुमन पौडेल राष्ट्रिय युवा प्रतिभा पुरस्कार, २०७६ ले बिभुषित भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राजधानीको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यक्रममा उपप्रधानमन्त्री माननीय रक्षामन्त्री इश्वर पोखरेलले युवा वैज्ञानिक सुमन पौडेललाई ड्राइभिङ गर्दा गर्दै ड्राइभर निदाएमा चलिरहेको गाडी आफै रोकिने प्रविधिको विकास गरे बापत उक्त सम्मान प्रदान गरेका थिए । नेपालगञ्जमा विज्ञानसँग सम्बन्धित म्युजियम स्थापना गरेका सुमन पौडेलले विभिन्न स्याटलाइट मोडलहरूको समेत विकास गरेका छन् ।
एकजना ड्राइभरको लापरवाहीका कारण हुने दुर्घटनाबाट नेपालमा वर्षेनी हजारौंको संख्यामा ज्यान गुम्ने गरेको तथ्यलाई स्मरण गर्दै सुमन पौडेलले आविष्कार गरेको यो प्रविधिलाई व्यवसायिक बनाउन सकिएमा नेपालजस्ता विकास उन्मुख देशमा हुने सडक दुर्घटनालाई न्युन गरी धेरै मानिसहरूलाई पुनस्जीवन दिन सकिने बताउँदै उक्त कार्यक्रममा उपस्थित माननीय रक्षामन्त्री इश्वर पोखरेलले युवा वैज्ञानिक सुमन पौडेल र उनलाई उक्त प्रविधिको विकास गर्न प्रोत्साहन गर्ने हिलसाइड कलेज अफ इन्जिनियरिङलाई धन्यवाद दिएका थिए ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त उक्त कलेज नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपाल, व्यवसायी गोपीकृष्ण न्यौपाने लगायत विभिन्न प्रोफेसरहरूको सामुहिक नेतृत्वमा सञ्चालित छ ।
:593 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव