चीनमा रम्दै जुनियर फुटबल एकेडेमीका खेलाडी

काठमाडौं, २९ साउन । यतीखेर जुनियर फुटबल एकेडेमी नेपालका १२ वर्ष मुनीका १६ जना साना फुटबल खेलाडी चीनको अर्काे शहर शिन्दाओमा आयोजना भईरहेको गोेथिया कप २०१९ मा खेल्दै रमाइरहेका छन् ।
युवा र किशोर (युथ) फुटबल खेलाडीको लागि विश्वकप सरह मानिने उक्त फुटबल प्रतियोगितामा आयोजक चीनको साथै नेपाल, अमेरिका, जापान लगायत विश्वका ५० भन्दा बढी मुलुकका ५ हजार भन्दा बढी किशोर र युवा फुटबल खेलाडीले भाग लिएका छन् ।
जुनियर फुटबल एकेडेमी नेपालका अध्यक्ष एवम् काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्काको नेतृत्वमा एकेडेमीका प्रमुख प्रशिक्षक प्रज्ज्वल प्रताप क्षेत्री, अफिसियल सुवाश गौली र सहायक प्रशिक्षकद्वय नरेश रावल र प्रशान्त महर्जनसंग उनीहरु चीनमा गएका थिए । बुधबारसम्म नेपाली खेलाडीले विभिन्न ४ वटा मुलुकका फुटबल टिमसंग मैत्रीपुर्ण र प्रतियोगी म्याच खेलिसकेका छन ।
औपचारिक उद्घाटन मंगलबार साँझ भएको उक्त प्रतियोगिता यही १८ अगस्टसम्म सञ्चालन हुँदैछ ।
:380 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव