हाजिरी जवाफमा सुप्रिम पहिलो

मध्यपुर थिमि । जी सेभेन एजुकेसनल फोरमद्वारा आयोजित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा सुप्रिम एकेडेमी पहिलो भएको छ । प्रतियोगिताको सिनियर तर्फ सुप्रिम एकेडेमी पहिलो, अमिनिटि इंग्लिस स्कूल दोस्रो र जनचेतना इंग्लिस स्कूल तेस्रो भएका छन् । त्यसैगरी जुनिएर तर्फ माउण्ट सिनाई इ. बोर्डिङ स्कूल पहिलो, शंखधर मेमोरियल स्कुल, दोस्रो र सुप्रिम एकेडेमी कमेरोटार तेस्रो भएका छन् । विजयी विद्यार्थी र विद्यालयलाई शिल्ड, पदक र प्रमाणपत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि मदनसुन्दर श्रेष्ठले पाठ्यपुस्तकको साथै सामान्यज्ञान सम्बन्धी विद्यार्थीको स्तर अनुसार ज्ञान हुनुपर्ने बताउँदै मैत्रिपूर्ण प्रतिस्पर्धाबाट बौद्धिक विकास हुने धारणा राख्नु भयो । सुप्रिम एकेडेमीका प्राचार्य विरेन्द्र जयनाको सभापतित्वमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कार्यक्रम संयोजक सागर गुरागाईंलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सुप्रिम एकेडेमी अतिरिक्त क्रियाकलाप संयोेजक विष्णु सापकोटा, जनचेतना इ. स्कूलका प्रिन्सिपल रामेश्वर कायस्थ, अमिनिटि इ. स्कूलका प्रिन्सिपल सूर्य भण्डारी, माउण्ड सिनाई इ. बोर्डिङ स्कूलका प्रिन्सिपल विप्लव प्रजापति, ग्लोरी इ. स्कुल निकोसेराका प्रिन्सिपल शंकर कर्ण कायस्थ, ज्ञानसुधा पाठशाला बोडेका प्रिन्सिपल तुल्सी भेटुवाल, शंखधर मेमोरियल स्कुलकी सहायक प्रिन्सिपल ज्ञानकेशरी श्रेष्ठ, कार्यक्रम संयोजक सागर गुरागाईं लगायतका वक्ताहरुले अन्तर विद्यालय मैत्रिपूर्ण प्रतिस्पर्धाको उद्देश्य र महत्व सहित आ—आप्mनो धारणा राख्नु भएको थियो । कार्यक्रम जनरल राउण्ड, मिक्स व्याग राउण्ड, अडियो भिडियो राउण्ड, बजर राउण्ड, ¥यापिड फायर राउण्ड लगायतका राष्ट्रिय नियम अनुसार नै सञ्चालन गरिएको शिक्षक विष्णु सापकोटाले जानकारी दिए ।
:633 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव