कोटेश्वरभरिमै सबैभन्दा बढी स्काउट ग्रामर स्कुलमा

काठमाडौं २५ साउन । प्रहरी प्रधान कार्यालय कानुन शाखाका प्रमुख, प्रहरी उपरिक्षक (एसपि) जर्नादन जिसीले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध न्यूनिकरण गर्न स्काउटको भूमिका महत्वपुर्ण रहेको बताएका छन् ।

कोटेश्वरस्थित ग्रामर स्कुलमा सञ्चालित ग्रामर स्काउट ट्रुपका एकसय भन्दा बढी स्काउट सहभागीे तेस्रो दिक्षान्त समारोहमा एसपि जिसीले सो कुरा बताएका हुन । समाजप्रति प्रहरी र स्काउटको भूमिका, कर्तव्य र जिम्मेवारी उस्तैउस्तै रहेको बताउँदै एसपि जिसीले दैवी विपत्तीका पीडितको तत्काल उद्धार गर्न, उनीहरुलाई सहयोग जुटाउनदेखि समाजमा ट्राफिक सम्वन्धि होस या लागुऔषध दुव्र्यसनबारे जनचेतना फैलाउन प्रहरी र स्काउट लागिरहेको पनि बताए ।

कार्यक्रममा एसपि जिसीले तालीम सम्पन्न गरेका ग्रामर स्काउट ट्रुपका स्काउटहरुलाई स्कार्फ वितरण गरे भने नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य एवम् इजि पायोनियर स्काउट ग्रुपका अध्यक्ष विजेन्द्र ध्वँजु, ग्रामर फाउण्डेशनका प्रवन्ध निर्देशक यादव चन्द्र राईले नव स्काउटहरुलाई स्काउट ब्यायज वितरण गरे भने विद्यालयका संस्थापक प्रिन्सिपल एवम् ग्रामर स्काउट ट्रुप इकाई समितिका अध्यक्ष राजकुमार राईले स्काउटलाई टिका लगाईदिए ।

यसैगरि तदर्थ समितिका सदस्य ध्वँजु, स्काउट शिक्षक एवम् भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शीवकुमार त्वायनाले विपि ब्यायज र अन्नपुर्ण ब्यायज वितरण गरे । कार्यक्रमलाई नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य एवम् इजि पायोनियर स्काउट ग्रुपका अध्यक्ष विजेन्द्र ध्वँजुले एकपटक स्काउटमा प्रवेश गरेको विद्यार्थी कहिल्यैपनि स्काउट छोड्न नसक्ने बताउँदै स्काउटले हरेक व्यक्तिलाई अनुशासित, आत्मनिर्भर र स्वावलम्वी बनाउने बताए ।

हरेक दिन एकजना स्काउटले नयाँ र असल काम गर्नुपर्छ, त्यो नै सच्चा स्काउटको पहिचान हो भन्दै सदस्य ध्वँजुले नेपाल र विश्व स्काउटको इतिहास, यसको काम र जिम्मेवारीबारे दिक्षित विद्यार्थीलाई जानकारी गराए । ग्रामर स्कुल व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा ग्रामर फाउण्डेशनका प्रवन्ध निर्देशक यादव चन्द्र राई, विद्यालयका संस्थापक प्रिन्सिपल एवम् ग्रामर स्काउट ट्रुप इकाई समितिका अध्यक्ष राजकुमार राई, अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्गलगायतले नवदिक्षित तथा पदोन्नति भएका स्काउटहरुलाई वधाई तथा शुभकामना दिँदै स्काउटको तीनवटा प्रतिज्ञा र १० वटा नियम पालन गर्दै आफु असल बन्दै अरुलाई असल बनाउन सहयोग गर्न विद्यार्थीहरुलाई सुझाए ।

दिक्षान्त समारोहमा विद्यालयका संस्थापक निर्देशकद्वय दिलेन्द्र मुकारुङ्ग राई, आर्थिक निर्देशक भरतकुमार राई,महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मी, स्काउट गुरु एवम् वरिष्ठ पत्रकार बलराम प्यासी, सामुदायीक प्रहरी सेवा केन्द्र कोटेश्वरका इन्चार्ज प्रहरी सहायक निरीक्षक राजेन्द्र सिंह पुजाराको पनि सहभागिता थियो । यसैगरि दिक्षान्त समारोहमा जापानमा उच्च शिक्षा अध्ययन गरेर फर्केका विद्यार्थीहरुको संगठन जापान युनिभर्सिटी स्टुडेण्ट्स अर्गनाइजेशन ‘जुआन’का अध्यक्ष मनोज गिरीको साथै सो विद्यालयका पुर्व विद्यार्थी एवम् जापानी भाषाका कान्छा प्रशिक्षक सजिव जङ्ग वन, जापानको ओसाकास्थित एशोसियसन फर मल्टीकल्चरल सिम्बोसिसकी एई यामामोतो, उनकी आमा तोशिको यामामोतो र उनका दुईजना छोराहरु (साना स्काउट) आनिश र्यु यामामोतो र निल मेई यामामोतोको पनि सहभागिता थियो ।

कार्यक्रममा उपस्थित पाहुनाहरुलाई विद्यालयका संस्थापक अध्यक्ष एवम् ग्रामर स्काउट ट्रुप इकाई समितिका अध्यक्ष राजकुमार राईले टोकन अफ लभ दिएर सम्मान गरेका थिए । तेस्रो वर्षसम्म पुग्दा ग्रामर स्काउट ट्रुपमा कोटेश्वरभरीकै विद्यालयहरुमध्ये सबैभन्दा बढी अर्थात करीव १ सय ५० भन्दा बढी स्काउट रहेको स्कउट शिक्षक शीवकुमार त्वायनाले बताए ।

:27 Views

Leave a Reply