३० विद्यार्थीको भविष्य अन्योल

भक्तपुर । सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा भक्तपुरको चक्रवर्ती हवि एजुकेसन एकेडेमीमा अध्ययनरत ३० विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सिटिइभिटीले एक वर्षदेखि सो कलेजमा अध्ययनरत विद्यार्थीहरुको रजिष्टेशन पनि नगरेकोले ती विद्यार्थी साउन २६ देखिको परीक्षामा सामेल हुन पाएका छैनन् ।
एकेडेमीले पत्रकार सम्मेलन गर्दै नर्सिङ प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत ती विद्यार्थी परीक्षामा सम्मेलित हुन नपाएको जानकारी दिएको छ । कलेजका कार्यकारी अध्यक्ष निलकृष्ण ताम्राकारले विद्यार्थी भर्नाको सिलसिलामा २०७५ सालको विद्यार्थी भर्नाका लागि कलेजले सिटीइभिटीईमा निरन्तर सम्पर्क गरेको तर त्यसबेलादेखि नै बेवास्ता गर्दै आएकोे बताए । उनी भन्छन्, ‘उच्च अदालतको आदेश बमोजिम २०७५ सालको शैक्षिक सत्रको लागि परिषदको प्रवेश परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरु मध्येबाट परिषद्कै नियमानुसार सार्वजनिक सूचना प्रकाशित गरि विद्यार्थी भर्ना गरी पठनपाठन सुरु गरेका थियौँ ।’
कलेजले २०७५ सालमा विद्यार्थी भर्ना गर्न सिटीईभिटीईसँग अनुमति माग्दा सय बेडको अस्पतालको व्यवस्था गरेर मात्र विद्यार्थी भर्नाको अनुमति दिन सकिने जानकारी दिइएको अध्यक्ष ताम्राकारले जानकारी दिए । त्यसपछि कलेजले सय बेड भएको गणेशमान अस्पताल एण्ड रिसर्च सेन्टरसँग सम्झौता गरेर सिटीईभिटीमा पेश गरेको उनले बताए । त्यसपछि पनि सिटीईभिटीले कलेजको सम्बन्धनै रद्ध गर्ने कोशिस गरेको उनको गुनासो छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट २०५९ सालमा सम्बन्धन प्राप्त उक्त संस्थाले २०६१ सालदेखि प्रविणता प्रमाणपत्र तहमा नर्सिङमा पढाई सुरु गरेको थियो ।
अध्ययनरत विद्यार्थीहरुको शिक्षा आर्जन गर्ने र आफ्नो भविष्य निर्माण गर्ने नैसर्गिक अधिकारमाथि रोक नलगाई ती विद्यार्थीलाई परीक्षामा बस्ने हक स्थापित हुनुपर्ने कलेजको माग छ ।
:418 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव