शंकरमा ग्रीन डे

भक्तपुर । सूर्यविनायक भक्तपुरस्थित शंकर नेशनल स्कूलमा “ग्रीन डे” कार्यक्रम सम्पन्न भएको छ । प्रि-स्कूलका विद्यार्थीको राम्रो सहभागिता रहेको उक्त कार्यक्रममा विशेषगरी हरियो रङ्ग जनाउनका लागि र यसको महत्व बारे उक्त दिनको प्रतिनिधित्वका लागि श्रावणको महिनालाई प्राथमिकता दिई यस कार्यक्रममा हरियो रङ्गमै बालगीत, नृत्य, पोशाक र विभिन्न प्रस्तुतिहरु रहेका थियो । कार्यक्रममा शिक्षक, शिक्षिकाहरु पनि हरियो पोशाकमै उपस्थित भएका थिए । कलिला र सफा मन भएका ती विद्यार्थी भाइबहिनीहरुको प्रस्तुति असाध्यै रोमाञ्चक थियो । प्रस्तुति निकै राम्रो भएको कारणले यस स्कूलका प्रधानाध्यापक शरण चौलागाईद्वारा विद्यार्थी भाईबहिनीहरुलाई पाइलट बाबा भ्रमण गराई वन जङ्गल हरियो डाँडा पाखाहरुको अवलोकनसँगै फोटो सेसन र एक बाल नृत्यको भिडियो समेत बनाइएको थियो । उतm कार्यक्रमद्वारा विद्यार्थीहरुमा ज्ञानसँगै मनोरञ्जन प्राप्त गराइएको थियो र आगामी दिनमा हरेक ज्ञानसँगै रमाइलो वातावरण बनाई अन्य कार्यक्रमहरु रेड डे, ऐल्लो डे साथै अन्य ज्ञानबद्र्धक कार्यक्रम गर्ने भनि घोषणा पनि गरिएको थियो ।
:483 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव