छ स्कूलका क्लवहरुको सहभागितामा सरसफाई

भक्तपुर । रोटरी क्लब अफ मध्यपुर तथा ६ वटा बिभिन्न स्कूलका ईन्ट¥याक क्लबहरुको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । मध्यपुर थिमी नगरपालिकाका उप—प्रमुख अन्जना मधिकर्मीले शंखधर चोकमा शुभारम्भ गरिएको कार्यक्रम पुरानो थिमीको भिमसेन चोकसम्म सरसफाई गरिएको थियो ।
रोटरी क्लब अफ मध्यपुरको सक्रियतामा स्थापित ४ वटा स्कूल (बिनायक, क्रियटिभ, एडभान्स, सि बर्ड) का ईन्ट¥याक क्लबहरु तथा २ वटा स्कूल (सिद्धार्थ बिद्यापिठ, बु्रक फिल्ड) का ईन्ट¥याक क्लबका गरी एक सय ५० विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा रोटरी क्लब, रोटा¥याक्ट क्लब, इनर व्हिल क्लब र स्कूलका शिक्षक शिक्षिका समेतको उल्लेख्य सहभागिता रहेको बताइएको छ ।
गाईजात्रा २०७६ लाई लक्षित गरी गरिएको सो कार्यक्रमको समापनमा बिनायक स्कूलका संस्थापक प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतिले कार्यक्रममा सहयोग पु¥याने मध्यपुर थिमि नगरपालिका, अन्य संघ संस्था र सहभागी सबैलाई धन्यबाद दिएका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव