डेनेबका विद्यार्थी प्रहरी कार्यालय रानीपोखरीमा

काठमाडौं । सामुदायीक प्रहरी सेवा केन्द्र १० लाखेचौरको आयोजनामा सोही वडाको थापागाउँस्थित डेनेब एकेडेमीका कक्षा ९ र १० का ४४ विद्यार्थी सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेका छन् ।

विद्यालयका प्रिन्सिपल डम्बरराज पाण्डेय, विद्यालय संयोजक मञ्जु जोशी तथा सामुदायीक प्रहरी सेवा केन्द्र १०का इन्चार्ज, प्रहरी हवल्दार ताराराम दयालसंग ती विद्यार्थीहरु रानीपोखरीमा पुगेका हुन ।  समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले कसरी काम गर्छ भनेर स्थलगत जानकारी लिन ‘प्रहरीसंग एक दिन’ कार्यक्रम अन्तर्गत ति विद्यार्थी महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेका थिए ।
त्यहाँ पुगेका विद्यार्थीहरुलाई सो कार्यालयकी प्रहरी वरिष्ठ उपरिक्षक किरण बज्राचार्यले विभिन्न विषयमा प्रशिक्षण दिएकी थिइन भने सो कार्यालयको सामुदायीक परिचालन शाखाका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द राज काफ्लेले ‘प्रहरीसंग एक दिन’ कार्यक्रमबारे जानकारी गराउनुको साथै साइबर क्राइम र सर्वसाधारणले १०० नंम्बरमा डायल गरेपछि प्रहरीले कसरी काम गर्छ, त्यसबारे जानकराी दिएका थिए ।

यसका साथै सो कार्यालयमा जडान गरिएको सिसि क्यामेराको काम र कन्ट्रोल रुममा आएको सर्वसाधारणको उजुरी र अनुरोधमा कसरी परिचालन प्रहरी परिचालन गरिन्छ भन्ने कुरा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । डेनेब एकेडेमीमा गत २०७५ माघ १५ गते विद्यालयका प्रिन्सिपल डम्बरराज पाण्डेयको संयोजकत्वमा प्रहरी विद्यालय समन्वय समिति गठन गरि सो समिति मार्फत विद्यालयमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायीक प्रहरी सेवा केन्द्र १० का इन्चार्ज प्रहरी हवल्दार ताराराम दयालले बताए ।

:61 Views

Leave a Reply