विनायक स्कुलका विद्यार्थीले गरे घिन्ताङ घिसी नृत्य प्रदर्शन

भक्तपुर । विनायक शिक्षा निकेतन ई. सेकेण्डरी स्कुल, मध्यपुर ठिमीले स्थानीय पाठ्यक्रम अनुसार विद्यार्थीहरुलाई सांस्कृतिक पर्व तथा आफ्नो मौलिक पहिचान बारे जानकारी दिने उद्देश्यले गाईजात्रा पर्वको अवसरमा घिन्ताङ घिसी नृत्य प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयमा अध्ययनरत करिब २०० जना विद्यार्थीहरुले परम्परागत पोशाकमा घिन्ताङ घिसी नृत्य प्रदर्शन गर्दै मध्यपुर ठिमीको बहाखादेखि बालकुमारीसम्म र चपाचोदेखि भूलाँखेल आफ्नो मौलिक तथा सांस्कृतिक पर्व गाईजात्राको महत्व र सो पर्वलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सो नृत्यको प्रदर्शन गरिएको थियो । विद्यालयका नृत्य प्रशिक्षक बालमुकुन्द प्रजापतिको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा मध्यपुर न.पा, शिक्षा शाखा प्रमुख बालकृष्ण गैरेले विद्यालयले सांस्कृतिक संरक्षण र संम्बद्र्धनमा गरेको यस उत्कृष्ट कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथ–साथै व्यवहारिक ज्ञान पनि दिइने उद्देश्यले तथा स्थानीय पाठ्यक्रमले निर्देशित क्रियाकलाप गराउँदै आएको बताए । विद्यालयका काउन्स्लर तुल्सीहरि प्रजापति तथा शिक्षक–शिक्षिकाहरुको प्रत्यक्ष संलग्नतामा भएको उक्त सांस्कृतिक नृत्य तथा झाँकीलाई मध्यपुर नगरवासीले पानी तथा जुस खुवाएर स्वागत गरेका थिए ।

:64 Views

Leave a Reply