एनटीएलाई अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामाको उपाधि
काठमाडौं । आयोजक नेपलिज तेक्वान्दो एकेडेमी (एनटीए) चौथो अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिताको उपाधि चुम्न सफल भएका छन् ।
मुलपानीस्थित बाल गीताञ्जली स्कुलमा भएको प्रतियोगितामा एनटीएले १३ स्वर्ण, ५ रजत र ४ कांस्य जितेको थियो । २ स्वर्ण र ३ कास्यसाथ फेरिल्यान्ड दोस्रो भएका थिए । अल्पाइनले १ स्वर्ण, ५ रजत र ४ कांस्य सहित तेस्रो भएका थिए । प्रतियोगिताको समापनका अवसरमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिलबहादुर गुरुङलाई विदेशमा रहेर पनि तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएवापत सम्मान गरिएको थियो । त्यसै अवसरमा एनटीएफले अन्तर्राष्ट्रिय तेक्वान्दोमा पदक जित्न सफल आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको थियो । सम्मानित हुनेमा आयुश ढुङ्गेल, चन्द शाही, श्रीकृष्ण श्रेष्ठ र प्रगति कुइकेल रहेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले अध्यक्ष गुरुङ र खेलाडीलाई सम्मान गरेका थिए । एक दिने प्रतियोगितामा विभिन्न १३ डोजाङका १ सय ३५ खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरेको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव