प्रतिवेदनमा १ विद्यालयमात्र उत्तम

काठमाडौँ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७४/७५ मा गरेको सामुदायिक माध्यमिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणले एक विद्यालय मात्र उत्तम रहेको देखाएको छ । त्यस्तै सामान्यमा १ हजार ६ सय ४४ विद्यालय, मध्यममा ३०५ र कमजोरमा १७ विद्यालय परेका छन् ।
त्यस्तै नमुना विद्यालय विकासका लागि छनौट गरेका विद्यालयहरूमध्ये मोरङ, सुनसरी, धनुषा, सर्लाही र रौतहटका ३२ सामुदायिक विद्यालयमा गरिएको परीक्षणबाट कार्यसम्पादन स्तरमापन गर्दा ८ विद्यालय मध्यम, २३ सामान्य र एउटा कमजोर रहेको प्रतिवेदनले देखाएको छ ।
कुल १ हजार ९ सय ९९ विद्यालयहरुको कार्यसम्पादन परीक्षणबाट प्राप्त तथ्याङ्कको आधारमा २४ जिल्लाका १९६७ विद्यालयको विश्लेषण गरिएको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अनुसन्धान, नतिजा तथा प्रतिवेदनको प्रबोधीकरण कार्यक्रममा प्रतिवेदनका बारेमा चर्चा गरिएको थियो ।
विद्यालयले प्राप्त गरेको अङ्कका आधारमा ४० प्रतिशतभन्दा कमलाई कमजोर, ७० प्रतिशतभन्दा कम सामान्य, ९० प्रतिशतभन्दा कम राम्रो र ९० भन्दा माथिलाई उत्तम गरी चार स्तरमा वर्गीकरण गरेर अध्ययन गरिएको थियो ।
उक्त परीक्षणले लगानीमा विद्यालयको भौतिक संरचना, शिक्षण मानव संसाधन र स्थायित्व, समुदायको सहभागिता र लगानी, र प्रक्रियामा कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेशागत विकास, नेतृत्व र व्यवस्थापन, अतिरिक्त क्रियाकलाप र उपलब्धिमा मानी नियमितता र कक्षा दोहोर्याउने र छाड्ने दर, सिकाइ उपलब्धि, सेवाग्राही सन्तुष्टि र शिक्षकको पेशागत सन्तुष्टिलाई मुख्य क्षेत्र र उपक्षेत्र मानेर अध्ययन गरेको हो ।
त्यस्तै २०७३÷७४ र २०७४÷७५को अध्ययनको तुलना पनि गरिएको थियो । जसमा पहिला ०.९ प्रतिशत विद्यालय कमजोरमा परेकोमा यस वर्ष बढेर १.५ प्रतिशत विद्यालय कमजोरमा परेका छन् । त्यस्तै पहिला ७५.३ प्रतिशत सामान्य रहेकोमा अहिले ८३.६प्रतिशत विद्यालय यसभित्र परेका छन् भने मध्यममा पहिला २२.८ प्रतिशत विद्यालय परेकोमा अहिले १५.५ प्रतिशत विद्यालय यसमा परेका छन् । उत्तम विद्यालयको वर्गीकरणमा पहिला ०.५ प्रतिशत विद्यालय परेकोमा अहिले ०.१ प्रतिशत विद्यालय परेको देखिन्छ । अधिकांश विद्यालय सामान्यमा छन् ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले विद्यालयमा पढाई मात्र हुन्छ कि सिकाई पनि हुन्छ भन्दै प्रश्न गर्दै उनले विद्यार्थीलाई उनीहरुको क्षमता अनुसार सिकाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डा. विनय कुसियतले नमुना विद्यालयलाई सरकारले छनोट गर्ने नभई राम्रा गर्ने विद्यालयलाई नमुना भन्नुपर्ने बताए । सुधार गर्ने बाटो नदिएर विद्यालयलमा नै पक्षपात गर्न नहुनेमा उनले जोड दिए ।
:380 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव