४१ विद्यालयहरूलाई इन्टरनेशनल स्कूल अवार्ड प्रदान

काठमाडौं, भाद्र ३ । इन्टरनेशनल स्कूल अवार्ड प्रदान तथा पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयाम सामेलसम्बन्धी संवाद कार्यक्रम ब्रिटिश काउन्सिल नेपालले आयोजित अवार्ड समारोहमा नेपालका ४१ वटा विद्यालयहरूलाई कनेक्टिङ क्लासरुम्स कार्यक्रमअन्तर्गत इन्टरनेशनल स्कूल अवार्ड प्रदान ग¥यो भने तीनवटा विद्यालयहरूलाई पुनःमान्यता दियो । यस अवार्डलाई शिक्षा तथा मानव संशोधन विकास केन्द्रबाट अनुमोदन गरिएको छ । यस कार्यक्रममार्फत् नेपाली विद्यालयहरूलाई अवार्ड प्रदान गरिँदै आएको यो सातौं वर्ष हो । यस अवार्डलाई समारोहका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सम्माननीय सचिव खगराज बराल र विशेष अथिति काठमाडौंस्थिति बेलायती राजदूताबासबाट नेपालका लागि बेलायतका सम्माननीय राजदूत रिचर्ड मोरिसले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । इन्टरनेशनल स्कूल अवार्डका लागि पहिलेदेखि कार्यरत नेपालभरका ६४ विद्यालयहरूमध्येबाट ५६ विद्यालयहरूले गत वर्ष आफ्नो विद्यालयको अभिलेख प्रमाण पेश गरेका थिए । अवार्ड विजेता विद्यालयहरूलाई तीन वर्षको लागि उनीहरूको सबै आधिकारिक स्टेशनरी÷लेखन सामग्री र शैक्षिक प्रवद्र्धन सामग्रीहरूमा आफ्नो विद्यालयको लोगोसँगै प्रतिष्ठित इन्टरनेशनल स्कूल अवार्ड काइट मार्क प्रयोग गर्न दिइनेछ । ब्रिटिश काउन्सिल नेपालले यो वर्ष नेपालमा आफ्नो कार्यको ६०औं वर्षगाँठ र विश्वभर इन्टरनेशनल स्कूल अवार्ड सफलताको २०औं वर्ष मनाउँदैछ । अवार्ड वितरण समारोहसँगै ब्रिटिश काउन्सिलले पाठ्यक्रममा विश्व सिकाइ तथा अन्तर्राष्ट्रिय आयाम विषयमा नीतिगत संवादको पनि आयोजना ग¥यो । यस कार्यक्रमको प्रमुख उद्देश्य शिक्षा मन्त्रालय तथा यसका विषयगत निकायहरू (line agencies), बेलायत र नेपालका विद्यालयहरूका सरोकारवालाहरूका साथै अन्तर्राष्ट्रिय वक्ताहरू, पेशाकर्मीहरू र विश्वविद्यालयका विज्ञहरूको लागि देहायका विषयमा छलफल तथा संवाद गर्ने मञ्च उपलब्ध गराउनु थियो ।
— विद्यालयहरू आफ्नो विद्यार्थीहरूलाई विश्व अर्थतन्त्रमा ठाँउ प्रदान गर्नका लागि तयार गराउने कुरामा कहाँ छन्, र
—  विद्यालयहरूले आफ्नो विद्यालयको नीतिगत वातावरण तथा पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयामलाई कसरी सामेल गर्न सक्छन्, र
—  नेपाल तथा विश्वभरबाट सबभन्दा उत्कृष्ट वर्तमान अभ्यासहरूको खोजी ।

इन्टरनेशनल स्कूल अवार्ड पाउनेमा आदर्श इङ्लिस बोर्डिङ सेकेन्डरी स्कूल पर्वत, एपेक्स लाइफ स्कूल काठमाडौं, अरुणिमा सेकेन्डरी स्कूल काठमाडौं, श्री बाणगंगा माध्यमिक विद्यालय कपिलवस्तु, ब्लूबर्ड इङ्लिस सेकेन्डरी स्कूल ललितपुर, दर्शनीय रामेश्वर सिंह कुशवाहा एकेडेमी धनुषा, देल्ही पब्लिक स्कूल धरान, इडिफाइ इन्टरनेशनल स्कूल काठमाडौं, गैंडाकोट नमुना माध्यमिक विद्यालय नवलपरासी, ग्लोबल पाठशाला भक्तपुर, गोर्खा सेकेन्डरी स्कूल तुल्सीपुर दाङ, ज्ञान बगैंचा इङ्लिस बोर्डिङ स्कूल तनहुँ, १३ ज्ञानपुञ्ज बोर्डिङ स्कूल कपिलवस्तु, हिलारी इङ्लिस हाइस्कूल काठमाडौं, आइडियल इङ्लिस बोर्डिङ स्कूल धरान, जगतमन्दिर माध्यमिक विद्यालय काठमाडौं, जेसिज इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कूल काठमाडौं, जुनियर सिटिजन्स एकेडेमी सेकेन्डरी स्कूल कास्की, किड्स होम एकेडेमी इङ्लिस स्कूल नवलपरासी, कुनवर्ती स्कूल रुपन्देही, लिटल फ्लावर्स पब्लिक स्कूल ललितपुर, मेची इङ्लिस बोर्डिग स्कूल झापा, नवनीत टोडलर्स जोन काठमाडा, नेपाल सेकेन्डरी स्कूल नवलपरासी, नाइटिंगेल इन्टरनेशनल सेकेन्डरी स्कूल ललितपुर, एनके सिंह मेमोरियल इग्लिस प्रिपेरेटरी सेकेन्डरी स्कूल काठमाडौं, नोबेल एकेडेमी काठमाडौं, नोबल एकेडेमी सेकेन्डरी स्कूल नवलपरासी, पामिर इन्टरनेशनल एकेडेमी रुपन्देही, पारामाउन्ट बोर्डिङ हाइस्कूल रुपन्देही, पीस जोन आवासीय मावि इटहरी, रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कूल पोखरा, रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौं,समृद्धि स्कूल काठमाडौं,सानो संसार डे केयर एण्ड प्रि –प्राइमरी इन्टरनेशनल स्कूल काठमाडौं, श्री शान्ति मोडे ल सेकेन्डरी स्कूल रुपन्देही,स्वाती सदन इङ्लिस बोर्डिङ सेकेन्डरी स्कूल काठमाडा, उग्रचण्डी बोर्डिङ स्कूल काभ्रे, विजय सामूहिक शिक्षा सदन नवलपरासी, विश्व ज्योति माध्यमिक विद्यालय नवलपरासी, वण्डरल्याण्ड इन्टरनेशनल प्रि –स्कूल काठमाडौं रहेका छन् ।

ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर डा. जोभान इलिकले यस इन्टरनेशनल अवार्ड ढाँचाले विद्यालयहरूलाई विभिन्न शैक्षिक उद्देश्यहरू पूरा गर्न अन्तर्राष्ट्रिय साझेदारीको भरपूर फाइदा लिन प्रोत्साहन गर्दछ जसमा भाषा सिकाइ, अन्तर्राष्ट्रिय मूल्यको विकास, सीप एवं स्तर विकास, र समग्र पाठ्यक्रम एवं विद्यालयको नीतिगत वातावरणमा दिगो विकासका प्रमुख लक्ष्यहरू प्राप्तिमा सहयोग लगायतका कुराहरू पर्दछन् । यी वर्षहरूमा इन्टरनेशनल स्कूल अवार्ड ३१ जिल्लाका ५०० विद्यालय, १२९०० विद्यार्थी, ३००० शिक्षक र ४०० विद्यालय नेतृत्व समक्ष पुग्न सफल भएको बताए । इन्टरनेशनल स्कूल अवार्ड नेपालभरका प्रधानाध्यापक तथा शिक्षकहरूको दूरदृष्टि एवं प्रेरणादायी प्रतिबद्धताको प्रमाण भएको जसले आफ्नो कक्षालाई समृद्ध, समुन्नत, नवीन र सिर्जनशील बनाउन अन्तर्राष्ट्रिय कार्यहरूको लागि खुला बनाएको बताए । उनले बेलायत र नेपाल दुवै ठाउँमा विश्व नागरिकता भावनासहितको अन्तर्राष्ट्रिय आयामको विकास गर्ने भएकोले भविष्यमा अझ धेरै विद्यालयहरूसँग कार्य गर्न ब्रिटिस काउन्सिल तत्पर रहेको उनले बताए ।

इन्टरनेशनल स्कूल अवार्ड (ISA) के हो ?
इन्टरनेशनल स्कूल अवार्ड सहभागी विद्यालयहरूलाई प्रदान गरिने एक वार्षिक अवार्ड हो । हरेक वर्ष यस अवार्डमा सहभागी हुन इच्छुक विद्यालयहरूबाट आवेदनको आह्वान गरिन्छ र उनीहरूको आवेदनको आधारमा विद्यालयहरूको छनौट गरिन्छ । ब्रिटिश काउन्सिले यस अन्तर्राष्ट्रिय स्कूल अवार्डलाई विद्यालयहरूको लागि एक मान्यता ढाँचा (Accreditation Framework) को रुपमा प्रस्ताव गर्दछ जसले ती विद्यालयबाट अवलम्बन गरिएका अन्तर्राष्ट्रियस्तरका कार्यको (ज्ञान तथा सीप) अभिलेख राख्न तथा त्यसको मूल्याङ्कन गरी ती कार्यहरूलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न सहयोग गर्दछ । इन्टरनेशनल स्कूल अवार्डले एक स्तर मापदण्ड (benchmark) को रुपमा कार्य गर्छ जसले विद्यालयहरूबाट बालबालिकाहरूमा विश्व नागरिक भावनाको विकास गर्ने र शिक्षण एवं सिकाइलाई समृद्ध बनाउने कार्यमा उत्कृष्टस्तरको सहयोग प्रदान भइरहेको कुरा निर्धारण गर्दछ । विद्यालयहरूको विकासमा यस इन्टरनेशनल स्कूल अवार्डको पहुँच समग्रगत रहन्छ र पाठ्यक्रममा आधारित प्रोजेक्ट कार्य तरिका अनुकरण गरी विद्यार्थीहरूमाझ यसको प्रयोग गर्न शिक्षकहरूलाई प्रोत्साहित गर्दछ । यो एक गहन र प्रमाणमा आधारित प्रक्रिया हो । यसले नेतृत्वलाई समूह निर्माण, नवीन प्रस्तुति र प्रोजेक्ट व्यवस्थापनमा प्रोत्साहित गर्दछ । इन्टरनेशनल स्कूल अवार्डमा सामग्री छनौटको स्तन्त्रता हुन्छ, र यसले सूचना तथा सञ्चार प्रविधि र शैक्षणिक विधि एवं क्रियाकलापमा सुरक्षित, संगठित र व्यवस्थित ढंगबाट नयाँ सीपहरूको अभ्यास गर्ने वातावरण प्रदान गर्दछ ।

मूल्याङ्कन प्रक्रिया
अवार्ड प्राप्त गर्ने विद्यालयहरूको मूल्याङ्कनका लागि ब्रिटिश काउन्सिल, शिक्षा तथा मानव संशाधन विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरूको एउटा टीम बनाइएको छ । अवार्ड प्राप्त गर्ने आधार निर्धारण गर्न सहभागी विद्यालयहरूले पेश गरेका अभिलेख वा प्रमाणहरूको विवरण मूल्याङकन गरिन्छ, विद्यालयहरूको कार्यको सत्यता र बालबालिकाहरूमा सिकाइ उपलब्धि हेर्न विद्यालय भ्रमण गरिन्छ । पेश गरिएका प्रमाण र विद्यालय भ्रमणको समयमा देखिएका उपलब्धिहरूको आधारमा ती विद्यालयहरूलाई अवार्ड प्रदान गरिन्छ ।

:59 Views

Leave a Reply