पारागनको घिन्ताङघिसी प्रदर्शनी, नाचे सबै छमछमी (फोटो फिचर)

भक्तपुर । भक्तपुर कमलविनायकस्थित पारागन एकेडेमीले गाईजात्राको अवसरमा घिन्ताङघिसी प्रदर्शनी गरेका छन् ।

कक्षा नर्सरीदेखि दश कक्षासम्मका विद्यार्थीहरुको घिन्ताङघिसी विद्यालय पारिक्रमा गरि सकेपछि दिनको दुई बजेबाट कक्षा ६ देखी ९ सम्मका छात्राहरुको घिन्ताङघिसी नाचलाई नगर परिक्रमा गराइएको थियो । बिचमा खाजा ब्यवस्थापन पछि पुन नाच नगर परिक्रमा गरिएको उक्त कार्यक्रम बेलुका ६ बजे समापन भएको थियो ।

कार्यक्रमले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय पर्वको प्रयोगात्मक कक्षाको एउटा स्वरुप गाईजात्रा कार्यक्रमले विद्यार्थीको प्रत्यक्ष सहभागीताले राम्रो सिकाइ भएको र संस्कृतिको संरक्षनमा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने एउटा सुनौलो अवसर भएको विद्यालयका निर्देशक रत्नवीर किसी बताउँछन् ।

विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले कार्यक्रमलाई समापन गर्दै सहभागी सबैलाई रात्री भोज दिएर सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

:150 Views

Leave a Reply