विद्यालय बिग्रनुका दोषी :पहिलोमा प्रअ, दोस्रोमा शिक्षक तेस्रोमा . . .?

काठमाडौं । योग्य र सक्षम प्रधानाध्यापक नहुँदाको असर शैक्षिक गुणस्तरमा परेको पाठ्यक्रम विकास केन्द्रले निर्क्योलेको छ  ।

केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ सार्वजनिक गर्दै विद्यालय बिग्रनुको मुख्य दोष प्रधानाध्यापकको टाउकोमा थोपरेको छ ।

यसबाहेककेन्द्रले शिक्षामा रहेका विभिन्न समस्या पहिचानको क्रममा डेढ दर्जन समस्या रहेको जनाएको छ ।

केन्द्रले पाठ्यक्रमको प्रभावकारिता कार्यान्वयनमा भर पर्ने र त्यसको मुख्य आधारको रुपमा रहेका शिक्षक नै रहेको उल्लेख गर्दै विद्यालय तहको शैक्षणिक पद्धति परम्परागत कक्षाकोठाको शिक्षणमा आधारित हुँदा समस्या देखिएको जनाएको हो ।

केन्द्रको उक्त प्रारुपमा भनिएको छ, ‘विद्यालयहरुमा समूह कार्य, सामुदायिक कार्य, परियोजना कार्यजस्ता पक्षहरुले उल्लेख्य स्थान प्राप्त गर्न नसकेको अवस्था छ, पठनपाठनको वातावरण पनि सिकाइ केन्द्रीतभन्दा बढी शिक्षणकेन्द्रीत हुने गरेको छ ।

विद्यालयहरुमा समूह कार्य, सामुदायिक कार्य, परियोजना कार्यजस्ता पक्षहरुले उल्लेख्य स्थान प्राप्त गर्न नसकेको अवस्था छ

केन्द्रले उल्लेख गरेका समस्याहरुमा वार्षिक कार्ययोजनाको आधारमा विद्यालय गतिविधि अपेक्षित रुपमा सञ्चालन नहुनु, सबै विद्यालयहरुमा योग्य र सक्षम प्रधानाध्यपकको व्यवस्था नसक्नु, प्रधानाध्यापकलाई शैक्षिक नेता र सुपरिवेक्षकको रुपमा विकास गर्न नसक्नु, विद्यालयमा पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था नहुनु र भएका सामग्रीहरु पनि कमै मात्रामा प्रयोगमा आउनु रहेका छन् ।

यस्तै स्थानीय स्तरमा स्थानीय परिवेशका शैक्षणिक सामग्री निर्माण र प्रयोगको अभ्यास नहुनु, विद्यालय र समुदायबीचको सम्बन्ध सुत्र प्रगाढ नहुनु,पाठ्यान्तर क्रियाकलापले उचित महत्व नपाउनु, पाठ्यक्रमका आधारमा प्रश्न निर्माण गरी मूल्यांकन गर्ने परिपाटी स्थापित गर्न नसक्नुलगायतका समस्या पनि पहिचान गरेको छ ।

यसका साथै केन्द्रको उक्त प्रारुपमा विद्यार्थी मूल्यांकनमा परीक्षाबाहेका अन्य प्रक्रिया प्रभावकारी हुन नसक्नु, शिक्षक तालिम सैद्धान्तिक परिवेशबाट निर्दिष्ट हुनु र प्रायोगित पक्षको कमी रहनु, शिक्षक तालिमको स्थानान्तरण तालिम कक्षबाट कक्षाकोठामा कम मात्रामा पुग्नु, विविध क्रियाकलापमा आधारित शिक्षण सिकाइ नहुनु, शिक्षणमा बहुपक्षीय अन्तरक्रिया(शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापक र बुद्धिजीवी) को कमी रहनु, शिक्षक अन्तरक्रिया सहयोगको आदानप्रदान, आपसी सहयोग आदि कमजोर रहनु, अनुगमन मूल्यांकन, प्रवद्र्धनात्मक, सिर्जनात्मक तथा अनुसन्धानात्मक कार्यले महत्व नपाउनु, शैक्षणिक पद्धतिमा आधुनिक प्रविधिबा प्रयोग पर्याप्त मात्रामा हुन नसक्नु, न्यूनत्तम आधारभूत भौतिक तथा शैक्षिक पूर्वाधारको कमी रहनु र शिक्षक अभिभावकबीच विद्यार्थीको सिकाइ उपलब्धिका बारेमा नियमित छलफल अन्तरक्रिया नहुनु पनि समस्या देखिएको उल्लेख छ ।

:430 Views

Leave a Reply