लिटिल फ्लावर्स स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड (फोटो फिचर)

ललितपुर । शंखमुल, दथुलानस्थित लिटिल फ्लावर्स पब्लिक स्कुलले इन्टरनेशल स्कुल अवार्ड जितेको छ । ब्रिटिस काउन्सिल नेपालको आयोजनामा कनेक्टिङ क्लासरुम (Connecting Classroom) अन्तर्गत भदौ ३ गते होटल याक एण्ड यतिमा सम्पन्न भएको इन्टरनेशनल स्कुल अवार्ड (आईएसए) घोषणा कार्यक्रममा लिटिल फ्लावर्स पब्लिक स्कुलले इन्टरनेशनल स्कुल अवार्ड जितेको थियो ।
विद्यालयले ९ वटा परियोजना निर्माण गरी सो बमोजिम वर्षभरि कार्ययोजना बनाई अगाडी बढेको प्रिन्सिपल महर्जन बताउँछन् । देशको ४१ वटा विद्यालयहरुलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा यस विद्यालयले गरेको ९ वटा परियोजना मध्ये शहरी क्षेत्रमा कौसी खेती नामक परियोजना (Roof Top Farming in City Area) Project मा उत्कृष्ट विद्यालय परियोजना पुरस्कार समेत हासिल गरेको उनी बताउछन् ।
उल्लेखित परियोजना कार्यान्वयनबाट विद्यार्थी भाइबहिनीहरुमा नेतृत्व विकास, सामाजिक विकास, स्वाबलम्बी, विदेशमा रहेका विद्यालयकाहरुका विद्यार्थीहरुसँगको सहकार्य तथा सहयोगको भावनाको विकास भएको उनको अनुभव छ । परियोजना मार्फत शिक्षण सिकाईबाट विद्यार्थीहरुका सिकाईमा प्रभावकारी भएको, परम्परागत शिक्षण विधीलाई विस्तारित गरी विद्यार्थी केन्द्रित शिक्षण सिकाईलाई अगाडी बढाउन सकिएको जसबाट पाठ्यक्रमले तोकिएको उद्देश्यहरु पुरा गर्न र विद्यार्थीहरुको ब्यवहार परिवर्तन गर्न सहयोग गरेको विद्यालयको अनुभव रहेको छ ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव