महेन्द्रग्राममा स्वागत तथा बिदाई कार्यक्रम

भक्तपुर, ६ भदौं । भक्तपुरको सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयले स्वागत र बिदाई कार्यक्रम गरेको छ । कक्षा ११ का २० जना विद्यार्थीलाई स्वागत र २८ पूर्वविद्यार्थीलाई बिदाई गरिएको हो ।

कार्यक्रममा कक्षा ११ पढ्दै र कक्षा १२ सकेका पूर्वविद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठ, कलेज इन्चार्ज कृष्णमुरारी सापकोटा र शिक्षिका अम्बिका धितालले खादा लगाएर स्वागत तथा बिदाई गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तृती पनि दिएका थिए ।

:59 Views

Leave a Reply