गाईजात्रामा रमाए छात्रछात्रा

भक्तपुर । भक्तपुरको एउटा स्कुलका विद्यार्थी गाईजात्रामा रमाएका छन् । भक्तपुर नगरपालिका २ व्यासीस्थित एभरेष्ट इंगलिश स्कुलका विद्यार्थी गाईजात्राको घिन्तागिसी नाचमा रमाएका हुन् ।

स्कुलको कक्षा ८ का विद्यार्थीको आयोजनामा गाईजात्रा कार्यक्रम मनाइएको हो । जात्राको क्रममा स्कुलका कक्षा ६ का छात्रछात्रा पनि सहभागी थिए ।

गाईजात्राको क्रममा नाचिने घिन्तागिसी नाचमा विद्यार्थी रमाएका हुन् । घिन्तागिसी नाच नाचेर विद्यार्थीले स्कुल प्रांगनमा प्रदर्शन गरेका थिए । उनीहरु त्यसका लागि परम्परागत पोशाकमा सजिएका थिए ।

मृतकको सम्झनामा मनाइने गाईजात्रामा यसपटक विद्यार्थीले तत्कालिन स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीको गाई बनाएका थिए । गाईजात्राको क्रममा प्रत्येक वर्ष स्कुलमा यस्तो कार्यक्रम गर्दै आएको स्कुलले जनाएको छ । दुईदुईजना मिलेर लठ्ठी जुधाएर खेलिने नाच भक्तपुरको गाईजात्राको मुख्य आकर्षण हो ।

:52 Views

Leave a Reply