नेशनल प्याब्सन काठमाडौँको ‘लोक नृत्य प्रतियोगिता’को तयारी पुरा, ७५ टिमको सहभागिता रहने

काठमाडौं । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौंको आयोजनामा यहि भदौ १० गते मंगलवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताको तयारी पुरा भएको आज संवाद चौतारीमा एक पत्रकार सम्मलेनको आयोजना गरि जानकारी गराइएको छ ।

नेशनल प्याब्सन काठमाडौँले हरेक वर्ष तिजको अवसर पारेर गर्दै आएको प्रतियोगितालाई यस बर्ष पनि निरन्तरता दिँदै प्रतियोगिताको तयारी बारे आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ७५ टिमको सहभागिता रहने छ । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने प्रतियोगिका विजेताहरु प्रथम, द्धितीय र तृतीयलाई क्रमश नगद १५ हजार, १० हजार ५ हजार सहित ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ भने बाँकी टप १० टिमलाई नै ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा सहभागी टिमले नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्कने खालका मौलिक लोकनृत्यलाई कम्तीमा ८ र बढिमा २४ जनाको समूहमा प्रस्तुत गर्न सकिने आयोजकले जनाएको छ ।

विद्यार्थीहरुलाई आफ्नो मौलिक भाषा, संस्कृति, र परम्पराप्रति जागरुक बनाउँदै मौलिक संस्कृतिको सम्बद्र्धन र प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेशनल प्याब्सन काठमाडौँका संचार विभाग प्रमुख तथा लोक नृत्य प्रतियोगिताका कार्यक्रम संयोजक गेन्द्र लामाले जानकारी दिए ।

:46 Views

Leave a Reply