कागेश्वरी मनोहरा नगरपालिकाको गौरवको रुपमा ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर फन’ दौडको तयारी

काठमाडौं । कागेश्वरी मनोहरा वडा नं ९ उज्ज्वल नगर, काँडाघारीस्थित उज्ज्वल तारा स्कुलको आयोजनामा आगामी असोज ११ गते शनिबार ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ आयोजना गर्ने विषयमा पहिलो चरणको छलफल कार्यक्रम आयोजना गरियो ।
‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ दौडलाई कागेश्वरी मनोहरा नगरपालिकाको गौरव र प्रतिष्ठाको रुपमा लिएर दौड आयोजना गर्न लागिएको आयोजकले बताएका छन भने नगरपालिकाले पनि यसका लागि आवश्यक पर्ने सहयोगको प्रतिवद्धता व्यक्त गरेको छ ।
विद्यालयमा शनिबार आयोजित छलफल कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका पदाधिकारी, स्थानीय क्लवका पदाधिकारी तथा खेलाडीहरु, सुरक्षाकर्मी, विभिन्न विद्यालय र टोल सुधार समितिका पदाधिकारी, स्थानीय जागरण महिला अभियानका पदाधिकारी, अभिभावक र सञ्चारकर्मीहरुको सहभागिता थियो ।
विद्यार्थीदेखि ६० वर्ष उमेर नाघेका महिला र पुरुष समेतको सहभागिता रहने सो दौड आपसी सद्भाव र मित्रता बढाउन, स्वास्थ्य सम्वन्धि जनचेतना अभिवृद्धि गर्न र दशैंको शुभकामना आदान प्रदान गर्ने उद्धेश्यका साथ आयोजना गर्न लागिएको विद्यालयका संस्थापक सल्लाहकार एवम् कार्यक्रम संयोजक विष्णु कार्कीले बताए विद्यालयले गत २०७४ असोजदेखि सो दौड आयोजना गर्दै आएको हो ।
महिला र केटाकेटीका लागि ३ किलोमिटर, पुरुष तथा वहालवाला र सेवानिवृत्त सुरक्षाकर्मीहरुका लागि ५ किलोमिटर दुरी दौडको साथै ६० वर्षको उमेर माथिका महिला पुरुषका लागि ३ किलोमिटर हिँड्ने व्यवस्था मिलाइएको र यसका लागि १५ वटा विधामा पहिलो, दोस्रो र तेस्रो हुने धावकका लागि पदक, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको पनि संयोजक कार्कीले बताए ।
दौडका विविध पक्षबारे विद्यालयकी प्रिन्सिपल सम्झना पोखरेलले जानकारी गराइन भने कागेश्वरी मनोहरा वडा नं ७ का अध्यक्ष जीवन थापाले नगरपालिकाको तर्फबाट आवश्यक पर्ने सहयोग गर्ने वचनवद्धता व्यक्त गरे । सबै विधाको दौड पुरा गर्ने धावकहरुको चेष्ट नम्बरलाई समावेश गरि अन्तिममा गोलाप्रथाद्धारा एक महिला र एक पुरुष खेलाडीलाई एक/एक जोर ट्रयाक सुट या जुत्ता पुरस्कार दिने विद्यालयले जनाएको छ ।
:331 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव