ग्ल्याड स्टोनलाई तीज विशेष नृत्य प्रतियोगिताको उपाधि

भक्तपुर । लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीको आयोजनामा आयोजित अन्तर विद्यालयस्तरीय तीज विशेष नृत्य प्रतियोगिताको उपाधि ग्ल्याड स्टोनले हात पारेको छ ।
काठमाडौं र भक्तपुरका २४ वटा विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा मेरीगोल्ड इंग्लिस बोर्डिङ स्कुल द्धितीय, एरुडाइट एकेडेमीले तृतीय र भक्तपुर निष्ट स्कुल, कौशलटार इंग्लिस स्कुल, इमानुयल सेकेन्डरी स्कुल सान्त्वना भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका संयोजक एवं युनिक नेपाल एकेडेमीका प्रिन्सिपल सुमन बस्नेतले तीजको महत्व बुझाउँन र विद्यालयहरुबीच सुमधुर सम्बन्ध बढाउँन उक्त कार्यक्रम गरेको बताए । उनले यो कार्यक्रमलाई हरेक वर्ष निरन्तर रुपमा गर्ने बताए ।
निर्वाचन आयुक्त दिनेश थपलियाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा विजयी विद्यालयहरुलाई शिल्ड, मेडल, प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले यस्तो खालको कार्यक्रमको माध्यमले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन आह्वान गरेका थिए । उनले तीजको महत्वको बारेमा जानकारी र नृत्य पनि अहिलेको समयमा राम्रो पेशा भएको बताए ।
कार्यक्रममा भक्तपुर प्याब्सनका अध्यक्ष चन्द्र अधिकारी, मध्यपुर प्याब्सनका अध्यक्ष निलेश आचार्यको सहभागिता रहेको थियो । विद्यालय व्यव्यस्थापन समितिका अध्यक्ष समीर शाहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
:684 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव