उपत्यकाव्यापी कविता प्रतियोगितामा भक्तपुर निष्ट उत्कृष्ट

भक्तपुर, १२ भदौँ । युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्तीको उपलक्ष्यमा गरिएको ‘उपत्यकाव्यापी विद्यालयस्तरीय आमन्त्रण छन्दोबद्ध कविता वाचन प्रतियोगिता’ मा भक्तपुर निष्ट स्कुलको कक्षा ८ कि छात्रा अदिति तिमल्सिना प्रथम भएकी छिन् ।
भक्तपुरको एभरेस्ट इङ्लिस स्कुलको आयोजनामा भएको सो प्रतियोगितामा मेरिगोल्ड इङ्लिश स्कुलको आहाना उप्रेती दोस्रो भएकी थिइन् । त्यस्तै स्पर्धामा शैनिक आवासीय मा.विकी सुमिना कार्की, विद्यासंस्कार स्कुलकी स्पेरा पराजुली र सिद्धार्थ विद्यापिठको शिर्षक भट्राई तेस्रो भएका छन् ।
साहित्यकारहरु जिबनाथ अधिकारी, अनन्तप्रसाद वाग्ले र एलिना दुृलालले सयुक्त रुपमा निर्णय गरेको स्पर्धामा १५ विद्यालयबाट १५ प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार रामबाबु सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र प्रिन्सिपल भक्त राजभण्डारीले बिजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए ।
:1310 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव