एन प्याब्सनको लोकनृत्य प्रतियोगितामा बेष्ट ग्रुप भिजन प्रथम

काठमाडौँ, १२ भदौँ । एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा पुरानो सिनामंगलस्थित बेष्ट ग्रुप भिजन स्कुल प्रथम भएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँको आयोजनामा भएको लोकनृत्य प्रतियोगितामा विपुल शिक्षा निकेतन दोस्रो भएको छ भने नेरिक एकेडेमी तेस्रो भएको छ ।

मंगलबार प्रज्ञा प्रतिष्ठानमा भएको उक्त कार्यक्रममा कान्तिपुर एकेडेमी हाई स्कूल चौथौँ, त्रिरत्न आवासीय विद्यालय पाचौँ, आमा डबलम एकेडेमी छैठौँ, ग्रिनहिल एकेडेमी सातौँ, एभिएम सेकेण्डरी स्कूल आठौँ, भिमेश्वर एकेडेमी नवौँ र माउण्ट ग्लोरी स्कूलले दशौँ स्थान हात पार्न सफल भएका थिए ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले प्रथम, द्धितीय र तृतीय भएका विद्यालयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी र प्रमाण–पत्र वितरण गरेका थिए ।

७५ प्रतिस्पर्धी विद्यालय सहभागि रहेको उक्त स्पर्धामा चौथौँदेखि दशौँ स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एन प्याब्सनका अध्यक्ष रितुराज सापकोटा, प्रमुख सल्लाहकार कर्ण बहादुर शाही, महासचिव सुवास न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

:347 Views

Leave a Reply