सुदेशामा स्काउट दिक्षान्त सम्पन्न

ललितपुर । सुदेशा स्कुलले बालबालिकाको चौतर्फि विकासको लागि विविध क्रियाकलापहरु संचालन गर्दै आएको छ । स्काउटको मर्म अनुसार समाजसेवी, सुयोग्य, चरित्रवान, मिलनसार, स्वावलम्बि नागरिक बनाउने उद्देश्यका साथ सुदेशा स्कुलमा २०६६ सालदेखि स्काउट कक्षा संचालन हुँदै आएको छ । आज १० औ दिक्षान्त समारोहमा स्काउट शिक्षक सत्य नारायण शाहीको संयोजकत्वमा नव स्काउट कमिटीका सदस्य तथा नव स्काउट कक्षा ६,७ र ८ का बालबालिकालाई दल कमिटीका अध्यक्ष एवं स्कूलका प्रिन्सिपल बिरंगना महर्जनबाट प्रतिज्ञा गराई स्कार्फ लगाई दिक्षित गरिएको थियो । प्रिन्सिपल महर्जनले स्काउट भाइबहिनीहरुलाई स्काउटको मर्म अनुसार जागरुक, समाजसेवी, चरित्रवान, स्वावलम्बि, मिलनसार नागरिक बन्न उत्प्रेरणा गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव