नवनित टडलर्सको आइएसए अवार्ड यात्रा (फोटो फिचर)

अन्तर्राष्ट्रिय स्कुल अवार्ड (आइएसए) ब्रिटिस काउन्सिलद्वरा संचालित कनेक्टिङ क्लासरुम एउटा प्रभावित शैक्षिक कार्यक्रम हो । यस कार्यक्रमको प्रमुख उद्देश्य देशको राष्ट्रिय पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयाम दिनु हो जसले गर्दा शिक्षक र विद्यार्थीमा एक्काइसौँ शताब्दीमा चाहने अत्यन्तै जरुरी सीपहरुको विकास हुन्छ । यी सीपहरु हुन् संचार र सहयोग, नेतृत्व र व्यक्तिगत विकास, समालोचन सोच र समस्या समाधान, डिजीटल लिटरेसी, सृजनशीलता ।

नवनित टडलर्स जोनले पनि अन्तर्राष्ट्रिय स्कुल अवार्ड २०१८—२०१९ मा सहभागि लिए । यो कार्यक्रम अप्रिल महिना २०१८ देखि रजिष्ट्रेशनद्वारा सुरु भई स्कुल प्रधानाध्यापक र आइएसए संयोजकको व्यवसायिक विकास अभिमूखिकरण कार्यक्रम लगायत कार्य योजना तयार गर्ने पहिलो तहसम्म भयो । जम्मा सात वटा अनिवार्य योजनाहरु र थप दुई पुरक योजनाहरु गरी नवनित टडलर्स जोनले जम्मा ९ वटा योजना तयार गरी ब्रिटिस काउन्सिल कनेक्टिङ क्लासरुमद्वारा स्वीकृत प्राप्त ग¥यो । यो चरण एकदमै चुनौती पूर्ण रहेको विद्यालयको अनुभव रहेको छ । यी कार्य योजनाहरु हामीले योजनाको उद्देश्य राष्ट्रिय पाठ्यक्रमको आधारित आवश्यक सीपहरु सम्मलेन गरी विद्यार्थीको कक्षा र उमेर सुहाउँदो बनाउनु पर्ने थियो । साथै विद्यालयले हरेक कार्य योजनामा अन्तर्राष्ट्रिय आयाम हाल्नै पथ्र्यो । नवनितका शिक्षक/शिक्षिकाहरुलाई प्रभावकारी पाठ योजना बनाउनु नौलो थिएन तर अन्तर्राष्ट्रिय आयाम दिनु नयाँ र चुनौती थियो । नवनित टडलर्स जोनले गरेका नौ वटा परियोजनाहरुमा विद्यार्थी, शिक्षक÷शिक्षिका तथा अभिभावकहरुको सहभागिता रहेको थियो । यी योजनाहरुलाई एक वर्ष भरि स्कुलको पात्रोसँग मिलाई विभिन्न महिनाहरुमा सन्तुलित रुपमा बाँडिएको थियो । २० प्रतिशत स्थानीय प्राजेक्टको लागि तयार गरिएको पाठ्यक्रम विद्यालयले स्थानीय सरकारद्वारा स्वीकृत लिएका थियो ।

आइएसए अवार्डको लागि विद्यालयले धेरै परिश्रम गरेको प्रिन्सिपल श्रेष्ठ बताउछिन् । अन्तर्राष्ट्रिय स्कुल पार्टनर खोज्नु त्यसमा पनि दुई वटा स्कुलको कार्ययोजना मेल खान पर्ने मुख्य चुनौती रहेको उनी सम्झिन्छिन् । तर धेरै मेल आदान प्रदान पछि नवनितले युके, भारत र पाकिस्तान गरि ६ वटा पार्टनर स्कुलहरुसँग काम ग¥यो । जसमा स्कुलबिच कार्ययोजना, भिडियो, फोटो, कार्यशाला, धेरै श्रोत, प्रशंसापत्रको आदान प्रदान पनि भयो । सबैभन्दा रोचक हाम्रो स्कुलका विद्यार्थी/शिक्षक र पार्टनर स्कुलका विद्यार्थी—शिक्षकसँगको स्काइप सेशेन थियो । त्यसैगरी पार्टनर स्कुललबिच इभिडेन्सका बस्तुहरु आदान प्रदान पनि भएको थियो । यी कुराहरु आइएसए अवार्डका अति मुख्य हिस्सा थियो । यसरी समय अनुसार नियमित रुपमा कार्य योजना संचालन गर्नु र इभिडेन्स संकलन गर्दै शिक्षक र विद्यार्थीहरुमा आएको निमार्णात्मक विकासको अवलोकन गर्नु एकदमै आवश्यक थियो । विद्यालयले पाएको यो अवार्डले विद्यालयलाई अझ जिम्मेवारी बनाएको र यो अवार्डको मर्मलाई बुझि विद्यालयले काम गर्ने विद्यालय प्रशासनले बताएको छ ।

 

:134 Views

Leave a Reply