‘शिक्षण पेशालाई मर्यादित बनाउने जिम्मा शिक्षककै ’

भक्तपुर, १५ भाद्र । जीवनको ४३ वर्ष लामो शिक्षण गरेका शिक्षक न्हुंछेभक्त कवांको अनिवार्य अवकाश प्राप्त भएपछि उनलाई विद्यालयले कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।
कार्यक्रममा निवृत्त शिक्षक कवांले आफ्नो लामो शिक्षण अनुभव सुनाए । सो क्रममा उनले शिक्षण पेशालाई मर्या्दित बनाउने जिम्मा शिक्षककै नै भएको बताउँदै भने, ‘शैक्षिक विकासबाट मात्रै समाजको विकास हुुन्छ, म उमेरले अवकाश भए पनि शैक्षिक विकास तथा साहित्यिक लेख रचना मार्फत निरन्तर सकृय रहन्छु ।’ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले शिक्षकको जीवन अरु पेशागत मानिसहरुको भन्दा स्वच्छ तथा मर्या्दित हुने भएकोले सवै शिक्षकहरुले उच्च मनोबलका साथ कार्य गरे जीवन गौरवपूर्ण हुने बताए ।
शिक्षकहरु अध्ययनशील र सिर्जनशील हुनुपर्ने बताउँदै शैक्षिक विकासमा सबै शिक्षकहरुले योगदान गरे मात्र गुणस्तरीय शिक्षा सम्भव हुने उनको भनाइ छ । अवकाशित शिक्षक कवांलाई दिर्घायु र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै आदर्श आजाद माविका प्राचार्य श्रीकृष्ण किसीले शिक्षण कार्यमा अनुशासित भएर लागेमा शैक्षिक गुणस्तरमा वृद्धि हुने निश्चित रहेको बताए । व्यवस्थापन समिति र शिक्षकहरुबीच परिचयात्मक कार्यक्रम समेत भएको उक्त समारोहमा सहायक प्राचार्य चक्रबहादुर चाकतुले पनि बोलेका थिए ।
:256 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव