विनायकमा तीज कार्यक्रम

मध्यपुर ठिमी । विनायक शिक्षा निकेतन ई.स्कुल मधयपुर ठिमीले तीज कार्यक्रमको आयोजना गरेको छ । विनायक अतिरिक्त क्लवको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । अतिरिक्त क्लबका अध्यक्ष शुभाञ्जन मल्ल तथा सचिव रोमिन लामाले सञ्चालन गरेको उक्त प्रतियोगितात्मक नृत्य प्रतियोगिताको निर्णायक महेश हाडा र बामुकुन्द प्रजापतिले विद्यार्थीको प्रतिभाको प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले समावेशीताका आधारमा विद्यालयले हरेक संस्कृतिलाई संरक्षण र सम्बर्धन नीति अनुरुप तीज कार्यक्रम लगायत सम्पूर्ण सांस्कृतिक पर्वहरु मनाइने र सो सम्वन्धी ज्ञान प्रदान गरिने जानकारी दिएका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव