पुलिस स्कुलको तीजमा थैली, टीका, चुरा र धागो उपहार

काठमाडौं । हिन्दु महिलाहरुको ठुलो पर्व तीजको अवसरमा नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षिका र महिला कर्मचारीलाई पैसा राख्ने नेपाली परम्परागत थैलीको साथै महिलाहरुको शौभाग्यको प्रतीक टीका, चुरा र धागो उपहार दिइएको छ । अनावश्यक विषयमा पैसा खर्च नगरी वचत गरेर ‘थैलीमा जम्मा गर्न’ भन्दै थैली उपहार दिइएको थियो ।
नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालित सो स्कुलद्वारा तीजको अवसरमा विद्यालय प्रांगणमा आयोजित तीज विशेष कार्यक्रममा विद्यालयकी समादेशक, प्रहरी निरीक्षक हिमा थोकरले शिक्षिका र महिला कर्मचारीलाई थैली, टीका, चुरा र धागो उपहार दिएकी हुन ।
वर्षमा एकपटक आउने तीजको रौनक महिलाहरुमा धेरै नै हुने र यस अवसरमा दिइने सानोतिनो उपहारले पनि महिलाहरु खुसी हुने भएकोले विद्यालयले उनीहरुलाई सानै भएपनि उपहारको व्यवस्था गरेको हो ।
तीजकै अवसरमा विद्यालयले १ देखि ९ कक्षाका छात्राहरुलाई सहभागी गराई एकल र समूहगत तीज नृत्य प्रतियोगिताको आयोजना गर्यो । प्रतियोेगितामा एकल नृत्यतर्फ कक्षा ५ की सोनु थापा, कक्षा २ की प्रज्ञा तिवारी र कक्षा ५ कै मञ्जिला थापामगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
यसैगरि समुहगत नृत्यतर्फ कक्षा ८ की प्रनिल घलेको समूह पहिलो, कक्षा ९ की सुजना स्यांग्बो समुह दोस्रो र कक्षा ६ की अपर्णा श्रेष्ठको समूह तेस्रो भएको थियो । नृत्य गुरुहरु मधु श्रेष्ठ, सविना पन्त र निरु महर्जन रहेको निर्णायक मण्डलले विजेताको छनौट गरेको थियो ।
नृत्यका विजयी विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल हरिश भट्ट, विद्यालयकी समादेशक, प्रहरी निरीक्षक हिमा थोकर तथा वरिष्ठ पत्रकार बलराम प्यासीले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा छात्रा, शिक्षिका र महिला कर्मचारीमात्रै नभई छात्र, शिक्षक र पुरुष कर्मचारीहरुले पनि नाचगान गरि तीज मनाएका थिए भने विद्यालयले ती सबैलाई दर खुवाएर तीजको शुभकामना दिईएको थियो ।
:1052 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव