शंकर स्कूलका शिक्षक र महिला कर्मचारीलाई उपहार

भक्तपुर । सूर्यविनायक नपा, दधिकोटस्थित शंकर नेशनल स्कूल हिन्दु धर्ममा मनाइने हरितालिका तीज मनाइएको छ । तीजको उपलक्ष्यमा राष्ट्रको संस्कारलाई कायम राख्दै सबै शिक्षक र महिला कर्मचारीहरुलाई उपहार र दर खाने कार्यक्रम राखिएको थियो । विद्यालयमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु तथा शिक्षकहरु विभिन्न पोशाकमा सजिएका थिए । कक्षा नर्सरीदेखि यु.के.जी. सम्मका विद्यार्थीहरुलाई दर खाने कार्यक्रम राखिएको थियो । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले विभिन्न तीज गीतहरुमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । नाचगानको साथमा प्रधानाध्यापक लगायत सबै शिक्षकहरु तीजमा रमाइलो वातावरण बनाएका थिए । कार्यक्रम निकै नै आकर्षित भएको विद्यालयका प्रिन्सिपल शरण चौलागाई बताउँछन् । संस्कार र संस्कृति जगेर्ना गर्नका लागि यस खालका कार्यक्रमले धेरै नै टेवा दिने उनले बताए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव