नगरपालिकाब्यापी अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता सुरु

ललितपुर । महालक्ष्मी नगर प्याव्सनको सहकार्यमा चिल्ड्रेन गार्डेन एकेडेमी, महालक्ष्मी—४, इमाडोल ललितपुरले महालक्ष्मी नगरपालिकाब्यापी अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको आयोजना गरेको छ । महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष कैलाश कुमार मल्लको सभापतित्वमा भएको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही प्रमुख अतिथि तथा टेबल टेनिसका राष्ट्रिय प्रशिक्षक राजेन्द्र कपाली विशेष अतिथि रहेका थिए । १५ वटा विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगितामा १५० खेलाडीहरू सहभागी रहेका छन् । प्रतियोगिता भाद्र २२ गते सम्म संचालन हुनेछ ।

:137 Views

Leave a Reply