केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकन सिजन २ सम्पन्न

मन्थली । केब्स स्कूल मन्थलीको आयोजनामा गत बिहिबार ‘केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकनसिजन २’ सम्पन्न भएको छ । केब्स सिङ्गिङ आइकन सिजन २ को उपाधि बिशाल माझीले जितेका हुन् भने सिनियर डान्सिङ आइकनको उपाधी बबिता बिक र जुनियर डान्सिङ आइकनको उपाधी सुस्मिता थापामगरले हात पारे । यसै गरी सिङ्गिङ, सिनियर डान्सिङर जुनियर डान्सिङको फस्ट रनरअपको टाइटल क्रमशः प्रचना सुनुवार, देविका तामाङ कट्रिना र बोहोराले जितेका छन् ।

एक महिना अगाडी भएको अडिसन राउण्डमा सहभागी ४०/४० प्रतिस्पर्धीहरु मध्येबाट विभिन्न दुई चरण पार गरी ६÷६ जना अन्तिम राउन्डमा पुगेर प्रतिस्पर्धा गरेका थिए । यस प्रतियोगिताको फाइनल राउण्डमा पुगेका प्रतियोगीहरुको प्रस्तुतीसँग दर्शक विद्यार्थी, अतिथि तथा अभिभावकहरु पनि झुमिरहेका देखिन्थे । प्रतियोगिताको बीच बीचमा शिक्षकहरुले समेत गायन तथा नृत्य प्रस्तुत गरी विद्यार्थीहरुलाई हौसला बढाइरहेको देखिन्थ्यो । गतवर्ष भएको यसै प्रतियोगिताको सिजन १ मा लैबरी सिङ्गिङ स्टारको फाइनलिस्ट समेत बनेका केब्सका छात्र लच्चीत नेपालीले केब्स सिङ्गिङ आइकन भएका थिए भने डान्सिङ आइकनमा रुपा माझी र तप्शिला माझीले जीत हात पारेका थिए । केब्स स्कूलले सबै प्रकारका क्षमता भएका बालबालिकाहरुलाई विविध कार्यक्रम तथा प्रतियोगिताहरु आयोजना गरी सर्वाङ्गिण विकास हुने समान अवसर प्रदान गरेको स्कूल प्रिन्सिपल केशव तिमल्सिनाले बताउनु भयो । आगामी वर्ष हुने सिजन ३ मा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरु समेतको उपस्थितीमा अझ भव्य ढङ्गले आयोजना गर्ने स्कूलको योजना रहेको शिक्षक जयदिप मगरले बताउनु भयो । विजेताहरुलाई अब चाँडै हुने स्कूलको वार्षिकोत्सव समारोहका बीच भव्य सम्मान गरिने स्कूले स्रोतले जनाएको छ ।

:60 Views

Leave a Reply