महेन्द्रग्रामको ६१ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर । भक्तपुरको सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको उद्घाटन चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले गरेका थिए । उनले पूर्व विद्यार्थीहरुले विद्यालयप्रति आस्था राख्नुपर्ने र विद्यालयले पनि योगदान दिने व्यक्तित्वलाई सम्झनुपर्ने बताए । त्यस्तै उनले भने, ‘विद्यालयी शिक्षा राम्रो भएमा सो विद्यार्थी असल नागरिक बन्न सक्छ । त्यसैले सम्पूर्ण विद्यालयमा सबैले इमान्दारिता पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
विद्यालयका प्रधानाध्यापक सोमकुमार श्रेष्ठ विद्यालयको प्रतिवेदनका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा कक्षागत रुपमा र विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्वीतीय र तृतीय भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
सोही अवसरमा अवकास प्राप्त शिक्षकहरु मोहननारायण भडेल, उद्धवबहादुर खड्का र २५ वर्षे दिर्घकालिन सेवा गरेकी शिक्षिका मीरा खत्री सम्मानित भएका छन् ।
विद्यार्थीले विभिन्न साँस्कृतिक क्रियाकलाप प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेम पोखरेल, वडा ८ का अध्यक्ष परासर सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कार्कीलगायतको सहभागिता रहेको थियो ।
:379 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव