विनायकका विद्यार्थी आवसीय सेमिनारमा

भक्तपुर । मध्यपुरथिमीस्थित विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरु आवसीय सेमिनारमा सहभागी भएका छन् । ललितपुरको ठेचो, बज्रवाराहीमा रहेको फुत मन्दिरमा ताइवानिज गुरुहरु लगायतले असल आचरण, जीवनोपयोगी शिक्षा, व्यावहारिक अवस्था, सुसंस्कार सम्बन्धी प्रशिक्षण दिएका थिए । संस्थाका ललितपुर प्रमुख सानुकाजी महर्जनले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञानका कुरा गर्नका साथै विभिन्न खेल वा कार्यक्रमद्वारा मनोरञ्जन पनि दिएका थिए । विद्यालय परिवार वा अन्य ठाउँहरुमा अनुशासनको व्यावहारिक प्रयोग सिकाइएको थियो । सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले खुब रमाइलो मानी आफ्नो सहभागिता जनाएका थिए । अनुशासनमा रही विद्यार्थीहरुले आफूले विभिन्न समूहमार्फत सिकेका ज्ञान र व्यवहारलाई प्रयोग गरेका थिए । विद्यालयका करिब ६० जना विद्यार्थी एवम् ५ जना शिक्षक–शिक्षिका सहभागी रहेको उक्त कार्यक्रममा विभिन्न फरक–फरक सेसनमा कार्यक्रम भएका थिए ।

:74 Views

Leave a Reply