महिला हिसां कम गर्न आत्मरक्षा तालिम

काठमाण्डौँ । मन्टेश्वरीका शिक्षिकालाई लक्षित गर्दै ‘एक दिने आत्मरक्षा तालिम’ सम्पन्न भएको छ ।
महिला हिंसा र आक्रमणलाई न्युनिकरण गर्न आत्मरक्षाका तरिका सिकाउने र आफ्नो समुदायका महिला तथा बालबालिकालाई पनि यस बिषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको मिनिप्लानेट किण्डर जोय मन्टेश्वरीका प्रिन्सिपल रिता आचार्यले बताइन् ।
महालक्ष्मीस्थित मिनिप्लानेट किण्डरजोय मन्टेश्वरी र कुमारीपाटीस्थित फिनिक्स मन्टेश्वरी ट्रेनिङ्ग सेन्टरको संयुक्त आयोजनामा भएको उक्त तालिममा काठमाण्डौ र ललितपुर जिल्लाबाट मन्टेश्वरीका सञ्चालक, प्रिन्सिपल, शिक्षिका र स्थानिय महिलाको सहभागिता रहेको फिनिक्स मन्टेश्वरी ट्रेनिङ्ग सेन्टरका सञ्चालक रिता घिमिरे तिमिल्सिनाले जानकारी दिइन् ।
शनिबार सञ्चालन गरिएको सो तालिममा भारत लखनउका कल्की आर्ट अफ सेल्फ डिफेन्सका प्रशिक्षक गौरव सिंह चौहानले प्रशिक्षण दिएका थिए । प्रशिक्षक चौहानले भारतलगायत नेपाल, रसिया, थाइल्याण्ड, कम्बोडिया आदि देशका करिब एक लाख ५० हजार महिलालाई प्रशिक्षण दिइसकेका छन् ।
कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं. ५ का अध्यक्ष राजकुमार शिलवालको पनि सहभागिता रहेको थियो ।
:920 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव