दिलासा महत गोदावरी नगरपालिकाभरिकै सर्वाेत्कृष्ट छात्रा

ललितपुर । २०७५ सालको माद्यमिक शिक्षा परिक्षा एसईईको परिक्षाफल अनुसार गोदावरी नगरपालिकाभरिमै अमर कान्ति सेकेण्डरी इंगलिस स्कुल लेले संस्थागत विद्यालयतर्फ प्रथम भएको छ भने सो विद्यालयकी १४ वर्षिया मेधावी छात्रा दिलासा महत नगरपालिकाभरिकै उत्कृष्ट छात्रामा दरिएकी छिन् ।
छात्रा महतले सबैभन्दा बढी अर्थात ३ दशमलव ९५ जिपिए ल्याएर नगरपालिकाभरिकै उत्कृष्ट छात्रा बन्न सफल भएकी हुन । संस्थागत विद्यालयतर्फबाट नगरभरिकै उत्कृष्ट छात्रा महतलाई ललितपुर क्षेत्र नं.१ बाट संघीय संसदमा विजयी सांसद नवराज सिलवाल, ३ नं प्रदेश सभाका सांसद चेतनाथ सञ्जेल र गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले पाँचहजार नगद पुरस्कार सहित प्रशंसापत्रद्वारा सम्मान गरेका छन् ।
४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गोदावरी नगरपालिकाद्वारा आयोजित शैक्षिक सम्मान कार्यक्रममा छात्रा महत र अमर कान्ति सेकेण्डरी इंगलिस स्कुललाई पुरस्कृत गरिएको हो । २०५२ सालमा स्थापना भएको सो विद्यालय २०७४ सालको माद्यमिक शिक्षा परिक्षाको परिक्षाफलमा पनि ३ दशमलव ९५ जिपिए अंकका साथ गोदावरी नगरभरिकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत भएको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव