प्रभातका स्काउट दुईदिन बालकुमारी जंगलमा

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १७ त्यागलस्थित सामुदायीक मावि प्रभात माविमा सञ्चालित प्रभात स्काउट ट्रुपको अन्नपूर्ण तहका २४ जना स्काउटले एकरात दुईदिन जंगलमा बिताएका छन् ।

ललितपुर महानगरकै वडा नं २७ सुनाकोठीस्थित बालकुमारी सामुदायीक वनमा उनीहरुलाई एकरात दुईदिने स्काउट क्याम्पमा सहभागी गराईएको वरिष्ठ स्काउट गुरु रत्नलाल महर्जनले बताए । स्काउट गुरु महर्जनका अनुसार स्काउटको पाठ्यक्रममा सिकेका कुरालाई व्यवहारिक जीवनमा उतार्न र बाहिरी वातावरणमा एकल या समूहगत रुपमा बस्दा जीउने कला सिकाउन सो जंगल क्याम्पको आयोजना गरिएको हो ।

एकरात दुईदिने क्याम्पमा स्काउटहरुलाई विभिन्न व्यवहारिक कला र समयको महत्वबारे सिकाइएको थियो । क्याम्पमा वरिष्ठ स्काउट गुरु रत्नलाल महर्जनको साथै स्काउट गुरुहरु लुना डंगोल, पवन कोइराला, आर्जित महर्जन, नेमासिंह तामांगले स्काउटहरुलाई विविध कृयाकलापबारे प्रशिक्षण दिएका थिए भने जर्मनीबाट आएका स्काउटरले क्याम्पमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।

:65 Views

Leave a Reply