शंकर स्कूलमा मासिक विज्ञान प्रर्दशनी

भक्तपुर । शंकर नेशनल स्कूलमा हरेक महिना विज्ञान प्रर्दशनी हुने गर्दछ । कक्षा ५ देखि कक्षा ९ सम्मका विद्यार्थी भाइबहिनीहरुको सहभागिता निकै नै उत्साहपूर्वक रहेको थियो । हरेक महिनाको अन्तिम दिनमा यो प्रर्दशनी गराइएको र विभिन्न किसिमका एक्सपेरिमेन्टहरु, मोडल, विज्ञान ल्याबरेटरी वर्क र विज्ञान सम्बन्धि विभिन्न खोज, आविष्कार गरिएको थियो ।
यो विज्ञान प्रर्दशनी मासिक रुपमा सुरु भएको करिब २ वर्ष भइसकेको विद्यालयका प्रिन्सिपल शरण चौलागाई बताउँछन् । स्कूलले अतिरिक्त क्रियाकलापमा विज्ञान प्रर्दशनीलाई समावेश गराउनुको मुख्य उद्देश्य विद्यार्थी भाइबहिनीहरुको ज्ञान व्यवहारिक रुपमा उजागर गराउनु तथा किताबमा मात्र पढाईलाई सिमित नराखी प्रयोगात्मक तरिकाबाट सिक्ने पनि प्राथमिक्ता दिइएको उनले बताए । विद्यार्थी भाईबहिनीहरुलाई हरेक पाइलामा नयाँनयाँ कुराहरु सिकाउनु पर्छ भन्ने वातावरण यस स्कूलले दिएको छ । विद्यार्थीहरुलाई विशेषगरी गणित र विज्ञान विषयलाई धेरै अप्ठयारो मानेकोले, यो विषयलाई सहज बनाउनका लागि विज्ञान प्रदर्शनी निकै नै लाभदायी भएको उनले बताए । आगामी दिनमा पनि पढाईको साथै सम्पूर्ण विषयहरुलाई यसरी नै प्रयोगात्मक शैलीद्वारा पठन पाठन गराउने र सिक्ने कुरालाई सरलता र सहजताको बाटो अवलम्बन गर्ने जानकारी दिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव