पवन प्रकृतिका ४६ जना स्काउट दिक्षित

ललितपुर । ललितपुर इमाडोलस्थित पवन प्रकृति इंगलिस सेकेण्डरी स्कुलअन्तर्गत सञ्चालित पवन स्काउट ट्रुपका २८ जना नयाँ स्काउटलाई दिक्षित गर्नुका साथै १८ जना स्काउटको पदोन्नति गरिएको छ ।

विद्यालयका प्रिन्सिपल एवम् पवन स्काउट ट्रुपको इकाई सभापति उत्तर कुमार राईको प्रत्यक्ष निगरानीमा सो ट्रुप सञ्चालित छ । विद्यालयको प्राथना सभामाति स्काउटलाई दिक्षा दिनुको साथै पदोन्नति गरिएको हो । जिल्ला स्काउट भक्तपुरका समन्वय आयुक्त एवम् स्काउट गुरु शीवकुमार त्वायना र विद्यालयको निमावि तहका विद्यालय संयोजक इन्द्र पौडेलले नयाँ स्काउटलाई स्कार्फ तथा विभिन्न ब्याचहरु प्रदान गरि दिक्षित गरेका थिए भने पुराना विद्यार्थीलाई विपि ब्याच र अन्नपूर्ण ब्याच प्रदान गरि पदोन्नति गरेका थिए ।
गत वर्षदेखि पवन स्काउट ट्रुप सचालनमा आएपछि विद्यार्थीहरु विभिन्न स्वयमसेवी कार्यक्रममा सहभागी हुनुका साथै उनीहरुको पढाई र अतिरिक्त कृयाकलापमा पनि प्रगति हुँदै आएको विद्यालयका भाइस प्रिन्सिपल विष्णुभक्त राईले बताए ।

:44 Views

Leave a Reply