भक्तपुर युरो किड्स विद्यार्थीको स्वास्थ्य प्रति चिन्तित

विद्यालय हातामा डेंगु विरुद्धको औषधि छर्कियो

भक्तपुर । यतिखेर काठमाडौं उपत्यकामा मात्रै हैन देशभरी नै डेंगुको महामारीले सबै पीडित र चिन्तित छन् । सरुवा रोगको उपचार गर्ने अस्पतालहरुमा विरामीको ताँती छ ।

यस्तो अवस्थामा सृजनानगर भक्तपुरस्थित भक्तपुर युरो किड्स आफ्ना विद्यार्थीको स्वास्थ्य प्रति चिन्तित हुनु अस्वभाविक होइन । अहिलेको अवस्थामा कलिला केटाकेटीलाई डेंगु लाग्न नदिन र लागि हाल्यो भने के गर्ने भनेर अभिभावकलाई सुझाव दिँदै आएकोमा मंगलबार भने विद्यालय हातामा डेंगु विरुद्धको औषघि नै छर्केको छ ।

भक्तपुर युरो किड्स प्रालिका प्रवन्ध निर्देशक नवराज काफ्लेका अनुसार क्रुपि फाउण्डेशनको प्राविधिक सहयोगमा त्यहाँका स्वयमसेवकहरु मार्फत विद्यालयहाता र विद्यार्थी खेल्ने ठाउँमा डेंगुविरुद्धको औषधि (एन्टि डेंगु स्प्रे) छर्केको हो । यसको लागि नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजि) रणबहादुर चन्दले समन्वय गरेको बताइएको छ ।

हनुमन्ते नदी किनारमा डेंगुविरुद्धको औषधि छर्किने क्रममा हनुमन्तेमा आएका क्रुपि फाउण्डेशनका स्वयमसेवकहरुलाई अनुरोध गरेर विद्यालय परिसरमा औषधि छर्केर विद्यार्थीलाई डेंगुबाट सुरक्षित राखिएको विद्यालयकी प्रिन्सिपल ज्योति क्षेत्रीले बताइन् । भक्तपुर युरो किड्सप्रा.लि, अन्तराष्ट्रिय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलबाट ‘उदाउँदो केन्द्र’को रुपमा गतवर्ष पुरस्कृत नेपालको पहिलो विद्यालय हो ।

:89 Views

Leave a Reply