उपत्यकाव्यापी स्पेलिंग कन्टेष्टमा बागीश्वरी प्रथम

भक्तपुर, भदौ २५ | एभरेष्ट स्कुल भक्तपुरको आयोजनामा भएको आठौं एभरेष्ट इन्टर स्कुल स्पेलिंग कन्टेष्टमा बागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुर प्रथम भएको छ । बुधबार भएको उपत्यकाव्यापी स्पेलिंग कन्टेष्टमा भक्तपुरकै सल्लाघारीस्थित सैनिक आवासीय माध्यमिक विद्यालय दोश्रो हुन सफल भएको छ । साथै प्रतियोगितामा विद्या संस्कार स्कुल तृतीय हुन सफल भएको छ ।
प्रतियोगिताका विजयी स्कुल तथा विद्यार्थीलाई ख्वप कलेज भक्तपुरका प्राचार्य रुपक जोशीले एक कार्यक्रमवीच शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रतियोगिताले विद्यार्थीको विकासमा सहयोग हुने विश्वास लिए । प्रतियोगितामा उपत्यकका विभिन्न १३ वटा स्कुलको सहभागिता रहेको स्कुलले जनाएको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव