जिल्लाव्यापी अन्तर विद्यालय फुटसल गोल कपको उपाधि विनायक स्कुललाई

भक्तपुर । भक्तपुर जिल्ला व्यापी अन्तर विद्यालय अन्डर–१६ फुटसल गोल कप २०१९ सम्पन्न भएको छ । भक्तपुरका निजी तथा सरकारी विद्यालय गरी २८ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधि विनायक स्कुलले जितेको छ । प्रतियोगितामा ब्लु वर्ड स्कुल दोस्रो रे क्यान्डिट स्कुल तेस्रो हुन सफल भएका थिए ।
‘हामी सक्छौं’ भन्ने मुल नाराका साथ युवाका साथसाथ आवाज नेपालको आयोजना, सुर्यविनायक र चाँगुनारायण नगरपालिकाको सहयोगमा र विभिन्न गैरसरकारी संघ संस्थाहरु र व्यापारी केन्द्रहरुको सहकार्यमा दोस्रो भक्तपुर जिल्ला व्यापी यु–१६ अन्तर विद्यालय फुटसल गोल कप २०१९ भएको थियो । को उद्घाटन रेफ्रिलाई बल हस्तान्तरण गरी प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रमको समापन कार्यक्रममा सुर्यविनायक नगरपालिकाका मेयर बासुुदेव थापाले यस किसिमको प्रतियोगिताले जिल्लामा नयाँ र क्षमतावान खेलाडीहरु उत्पादन गर्न मद्दत पुग्ने र समाजमा रहेको असमानता र विभेद हटाउन सकिने बताए । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाका संस्थापक दिपेश बिसुङ्केले फुटसल प्रतियोगिता कार्यक्रममा भक्तपुर जिल्लाका २८ विद्यालयको सहभागिता रहेको बताउँदै प्रतियोगिताबाट संकलन रकमबाट बालबालिका र युवाको क्षेत्रमा भई गरेका विकृति र विसंगतिहरुको विरुद्धमा लड्न हामी सक्छौं भन्ने अभियान सञ्चालन गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रथम, दोस्रो र तेस्रोलाई क्रमश ट्रफी, मेडल, प्रमाणपत्र र नगद २० हजार, १० हजार र तेस्रो हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
त्यस्तै खेलमा हाइस्कोरर, बेष्ट प्लिएर र बेष्ट किपरलाई ट्रफी र दुई÷दुई हजार नगद प्रदान गरिएको संस्थाका संस्थापक दिपेश बिसुङ्केले जानकारी दिए ।
:349 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव