अन्तरविद्यालय टेवल टेनिस प्रतियोगितामा चिल्ड्रेन गार्डेन स्कुल प्रथम

ललितपुर । इमाडोलस्थित चिल्ड्रेन गार्डेन एकेडेमीको आयोजना र प्याब्सन महालक्ष्मी नगर समितिको सहकार्यमा महालक्ष्मी नगरपालिकास्तरिय अन्तर बिद्यालय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
छात्र तथा छात्रा १२, १४ र १६ उमेर समुह र छात्र तथा छात्रा टिम इभेन्टमा भएको प्रतिस्पर्धामा २०० भन्दा बढी खेलाडी सहभागिता रहेको थियो । प्रतियोगितामा खेलाडी विद्यार्थीहरुको खेल एकदमै उत्कृष्ट रहेको थियो । प्रतियोगिताका उत्कृष्ट ४ छात्र तथा ४ छात्रा बिद्यार्थीहरुलाई ललितपुर महानगरपालिकाले कार्तिक महिनामा आयोजना गर्ने ललितपुर महानरपालिका मेयर कप टेबल टेनिस प्रतियोगितामा सहभागी गराइने पुरस्कार वितरण समारोहका बिशेष अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष सुदिल शाहीले जानकारी दिएका थिए ।
कार्यक्रमका बिशेष अतिथि टेबल टेनिसका राष्ट्रिय प्रशिक्षक राजेन्द्र कपालीले टेबल टेनिस खेलको विकास अनि खेलाडीहरुको स्तरोन्नतिका लागि जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ८ काँस्य गरि जम्मा १७ पदक प्राप्त गरि चिल्ड्रेन गार्डेन एकेडेमीले प्रथम, १ स्वर्ण, ६ रजत र ५ काँस्य गरि जम्मा १२ पदक प्राप्त गरि कोपिला इंग्लिश स्कुल, सिद्धिपुरले दोश्रो, २ काँस्य पदक प्राप्त गरि जेनीयम इंग्लिश स्कुल, इमाडोलले तेश्रो र १ काँस्य पदक प्राप्त गरि माउन्ट ओलिभ इंग्लिश स्कुल, सिद्धिपुरले तेश्रो स्थान ल्याउन सफल भएका थिए ।
नेपाली फिल्म जगतका वरिष्ठ निर्देशक, निर्माता अनि कलाकार तुलसी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विजयी खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
महालक्ष्मी नगरपालिकास्तरिय चिल्ड्रेन गार्डेन एकेडेमी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिताको नतिजा ः
१. छात्र १२ वर्ष उमेर समूह
प्रथम ः पुकार परियार (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
दोश्रो ः आशिष भटराई (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
तेश्रो ः पुजन तामांग (कोपिला इंग्लिश स्कुल, सिद्धिपुर)
तेश्रो ः कमल थापा (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
२. छात्र १४ वर्ष उमेर समूह
प्रथम ः सागर मंगरान्ती (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
दोश्रो ः अभि महर्जन (कोपिला इंग्लिश स्कुल, सिद्धिपुर)
तेश्रो ः महेन्द्र श्रेष्ठ (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
तेश्रो ः बिनिश महर्जन (कोपिला इंग्लिश स्कुल, सिद्धिपुर)
३. छात्र १६ वर्ष उमेर समूह
प्रथम ः बिबेक थिङ्ग (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
दोश्रो ः सुजल महर्जन (कोपिला इंग्लिश स्कुल, सिद्धिपुर)
तेश्रो ः युबराज श्रेष्ठ (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
तेश्रो ः दिपेश शाही (कोपिला इंग्लिश स्कुल, सिद्धिपुर)
४. छात्र टिम इभेंट
प्रथम ः चिल्ड्रेन गार्डेन एकेडेमी (ए), इमाडोल
सागर मंगरान्ती
बिबेक थिङ्ग
इशान श्रेष्ठ
सुजन लामा
अर्पण घलान
दोश्रो ः कोपिला इंग्लिश स्कुल, सिद्धिपुर
सुजल महर्जन
दिपेन शाही
अभि महर्जन
पुजन तामांग
बृजेश महर्जन
तेश्रो ः चिल्ड्रेन गार्डेन एकेडेमी (बि) , इमाडोल
सुनिल महतो
पुकार परियार
सुरेश पौडेल
महेन्द्र श्रेष्ठ
आशिष भटराई
तेश्रो ः माउन्ट ओलिभ इंग्लिश स्कुल, सिद्धिपुर
प्रज्वल बुढाथोकी
स्यान्द्रोज महर्जन
हेनम महर्जन
लेनम याम्फु राइ
महेश तामांग
१. छात्रा १२ वर्ष उमेर समूह
प्रथम ः मुना पाण्डे (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
दोश्रो ः प्रतीक्षा तामांग (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
तेश्रो ः आराधना घलान (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
तेश्रो ः कृशा श्रेष्ठ (कोपिला इंग्लिश स्कुल, सिद्धिपुर)
२. छात्रा १४ वर्ष उमेर समूह
प्रथम ः रोजिना महर्जन (कोपिला इंग्लिश स्कुल, सिद्दिपुर)
दोश्रो ः क्यारोल महर्जन (कोपिला इंग्लिश स्कुल, सिद्दिद्धपुर)
तेश्रो ः मंजु राना मगर (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
तेश्रो ः सुदिप्ति चौधरी (जेनीयम इंग्लिश स्कुल, इमाडोल)
३. छात्रा १६ वर्ष उमेर समूह
प्रथम ः सोनी लामा (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
दोश्रो ः सौम्य नेम्कुल (कोपिला इंग्लिश स्कुल, सिद्धिपुर)
तेश्रो ः अन्जली यादब (चिल्ड्रेन गार्डेन एकेडेमी, इमाडोल)
तेश्रो ः अनु महर्जन (कोपिला इंग्लिश स्कुल, सिद्धिपुर)
४. छात्रा टिम इभेंट
प्रथम ः चिल्ड्रेन गार्डेन एकेडेमी (ए) , इमाडोल
सोनी लामा
अन्जली यादब
प्रतिक्षा तामांग
बन्दना गुरुङ
मुना पाण्डे
दोश्रो ः कोपिला इंग्लिश स्कुल, सिद्दिपुर
सौम्य नेम्कुल
रोजिना महर्जन(ए)
क्यारोल महर्जन
कृशा महर्जन
अनु महर्जन
तेश्रो ः चिल्ड्रेन गार्डेन एकेडेमी (बि) , इमाडोल
मंजु राना मगर
आराधना घलान
रश्मिता घिमिरे
सुष्मिता माझी
एलिशा खत्री
तेश्रो ः जेनीयम इंग्लिश स्कुल , इमाडोल
सुदिप्ति चौधरी
रेशुका थापा मगर
श्रेया खड्गी
बर्षा सेवा
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव