अनल ज्योतिका विद्यार्थीहरुको ‘साहसिक यात्रा’ सम्पन्न

ललितपुर । अनल ज्योति स्कुलका विद्यार्थीहरुले डुक अफ इडिनवर्ग अवार्डका लागि आवश्यक साहसिक यात्रा भाद्र २७ र २८ गते सम्पन्न गरेका छन् । भाद्र २७ गते शुक्रबार टोखाबाट शुरु गर्दैे गुर्जुभञ्ज्याङ, काभ्रेस्थली, तारकेश्वर, ओखरपौवा हुँदै भएको करीव ८ घण्टाको पदयात्रा पछि ककनी स्काउट भवनसम्म पुगेका थिए । एक रात ककनी बास पछि पुन भाद्र २८ गते आइतबार रानीपौवा, त्रिशुली हुँदै करीव ६ घण्टाको पदयात्रा सहित दुई दिन एक रातको करिब १४ घण्टाको साहसिक यात्रा पुरा गरेका थिए ।
भीरपाखा, खोलानाला, वनजंगल, हिलोमाटो पार गरी स्काउट पनि तालिम भएका विद्यार्थीहरुले साहसिक यात्रा सम्पन्न गरेकोमा प्रशन्न भएका थिए । ‘मलाई जुकादेखि निकै डर लाग्थ्यो तर अब म निडर भएको छु’ कक्षा ९ का ब्रिट्नी महर्जन आफ्नो अनुभव सुनाउनछन् । स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही भन्छन्, ‘विद्यार्थीहरुले देखाएको अद्भूत साहसले अहिलेसम्मकै लामो यात्रा पार गर्न सक्यौ, नानीहरुले कदमनिकै प्रसंशनीय छ ।’
४० जना विद्यार्थीहरुले भाग लिएको उक्त साहसिक यात्रामा विद्यालयका प्रिन्सिपल निरोज महर्जन, सहायक प्रिन्सिपल रामहरी रिमाल पनि विद्यार्थीहरुसँगै पदयात्रामा सहभागि भएका थिए । नेपालको विशेषताहरु बुझेर देशलाई माया गर्ने, सीप र गुणले भरिपूर्ण नागरिक उत्पादन गर्ने विद्यालयको उद्देश्यलाई यस डुक अफ इडिनवर्ग अवार्ड क्रियाकलापले सघाउ पु¥याएको प्रिन्सिपल महर्जनले बताए ।
:634 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव