शंकर स्कुलमा विद्यार्थीलाई प्रमाण पत्रबाट सम्मान

भक्तपुर । सुर्यविनायक नपा दधिकोटस्थित शंकर नेशनल स्कुलद्वारा बालदिवस २०७६ आयोजना गरिएको छ । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी भाइबहिनीहरुलाई विभिन्न विधाहरुमा सम्मान गरिएको थियो । कार्यक्रममा मोस्ट डिसिप्लेन स्टुडेन्ट, मोस्ट हाइजेनिक स्टुडेन्ट, मोस्ट पंकच्योल स्टुडेन्ट, मोस्ट एक्टिभ स्टुडेन्ट र मोस्ट भरस्टायल स्टुडेन्ट विधामा सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा नर्सरी देखि यु।के।जी सम्मका विद्यार्थीहरुलाई मन्दिर अवलोकनको लागि पनि लगिएको थियो । विद्यार्थीहरुमा हौसलाको रुपमा प्रमाण पत्रको साथमा सम्मान गरिएको थियो । विद्यार्थीहरुलाई पढाई बाहेक अरु पक्षबाट पनि मूल्याङ्कन गर्नुपर्छ भन्ने विद्यालयका प्रिन्सिपल सरण चौलागाईद्वारा जानकारी दिए । हरेक वर्ष यस्तै विद्याबाट प्रमाण पत्र सहित सम्मान गरिने संस्कार रहेको र यो संस्कारलाई विद्यालयले कायम राख्दै आएको उनले बताए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव